
जाजरकोट। जाजरकोटको बाउसे खोला र भेरी नगरपालिकाको स्याउले भन्ने ठाउँमा जीप दुर्घटना हुँदा २० जना घाईते भएका छन्।
आज बिहान ११ बजे जिल्लाको बारेकोटबाट सदरमुकाम खलङ्गा आउँदै गरेको ध १ ज ५९५ नम्बरको बोलेरो जिप नलगाड नगरपालिका–४ को बाउसे खोलाको जिरो प्वाइन्टमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
दुर्घटनामा तीन जना घाइते भएको र उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पठाइएको थियो। जीप बीच सडकमै पल्टिएको थियो।
त्यस्तै, केही बेरअघि जाजरकोटकै कुदुमा फोर्स गाडी दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।
सोमबार बिहान साढे ११ बजेतिर भएको दुर्घटनामा अहिलेसम्म १७ जना घाइते भएको जिप्रका जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश तिमिल्सिनाले जानकारी दिए।
बा ५ख १८९२ नम्बरको गाडी भेरी नगरपालिका–७ स्याउले बजारबाट नेपालगञ्जतर्फ जाँदै गरेकोमा जाजरकोट–छिन्चु सडकअन्तर्गत कुदुमा दुर्घटना भएको हो।
२१ जना सवार रहेको गाडीमा १७ जना घाइते भएको र उनीहरुको उद्दार गरी कुदुका स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको तिमिल्सिनाले बताए। गाडी सडकबाट ५० मिटर तल खसेको छ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...