भारतको सुरक्षा निकायका दुई प्रमुख नेपाल आउँदै – Naya Bikalpa
May 14, 2025, Wednesday      Epaper

भारतको सुरक्षा निकायका दुई प्रमुख नेपाल आउँदै

काठमाडौं। भारतका दुई सुरक्षा अंगका दुई प्रमुखहरु नेपाल आउने भएका छन्। भारतीय स्थल सेना प्रमुख जनरल उपेन्द्र द्विवेदी र सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) प्रमुख अमृतमोहन प्रसाद नेपाल आउने भएका हुन्।

एसएसबी प्रमुख यही कात्तिक ३० गते र भारतीय स्थल सेनाध्यक्ष आगामी मंसिर ५ गते नेपाल आउन लागेको काठमाडौंस्थित भारतीय दूतावास स्रोतले जनायो।

नेपाल र भारतले एकअर्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको पदवी दिने प्रचलन रहेकाले सोही पदवी ग्रहणका लागि भारतीय सेनाप्रमुख नेपाल आउन लागेका हुन्।

उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा नेपालको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नेछन्। नेपालका प्रधान सेनापतिलाई पनि भारतीइ सेनाको मानार्थ महारथी दर्ज्यानी चिन्ह दिने परम्परा छ।

द्विवेदीले १ नोभेम्बर २०२४ देखि भारतीय स्थल सेनाको २९ औं प्रमुखको जिम्मेवारी सम्हालेका थिए।

त्यस्तै एसएसबी प्रमुख हरेक वर्ष हुने समन्वय बैठकमा भाग लिन नेपाल आउन लागेका छन्। नेपालको सशस्त्र प्रहरी बल र भारतको एसएसबी बीच हुने समन्वय बैठक मंसिर १ र २ गते काठमाडौंमा हुँदैछ।

सम्बन्धित समाचार

साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग
साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग
  • २०८१ कार्तिक २८, ११: १६

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले साउदी अरबमा रोजगारदाता कम्पनी बन्द भएर अलपत्र परेका नेपालीको उद्धार...

गण्डकीमा ‘राइड सेयरिङ’लाई कानुनी मान्यता
गण्डकीमा ‘राइड सेयरिङ’लाई कानुनी मान्यता
  • २०८१ कार्तिक २८, ११: १६

गण्डकी : गण्डकी प्रदेश सरकारले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिएको छ । अबदेखि निजी चार पाङ्ग्रे तथा दुई...

स्कटल्याण्डमा हुने सिरिज खेल्ने नेपाली टोलीको बिदाइ
स्कटल्याण्डमा हुने सिरिज खेल्ने नेपाली टोलीको बिदाइ
  • २०८१ कार्तिक २८, ११: १६

काठमाडौं : स्कटल्यान्डमा हुने आईसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ गरिएको छ । नेपाल...