भारतको सुरक्षा निकायका दुई प्रमुख नेपाल आउँदै – Naya Bikalpa
July 30, 2026, Thursday      Epaper

भारतको सुरक्षा निकायका दुई प्रमुख नेपाल आउँदै

काठमाडौं। भारतका दुई सुरक्षा अंगका दुई प्रमुखहरु नेपाल आउने भएका छन्। भारतीय स्थल सेना प्रमुख जनरल उपेन्द्र द्विवेदी र सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) प्रमुख अमृतमोहन प्रसाद नेपाल आउने भएका हुन्।

एसएसबी प्रमुख यही कात्तिक ३० गते र भारतीय स्थल सेनाध्यक्ष आगामी मंसिर ५ गते नेपाल आउन लागेको काठमाडौंस्थित भारतीय दूतावास स्रोतले जनायो।

नेपाल र भारतले एकअर्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको पदवी दिने प्रचलन रहेकाले सोही पदवी ग्रहणका लागि भारतीय सेनाप्रमुख नेपाल आउन लागेका हुन्।

उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा नेपालको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नेछन्। नेपालका प्रधान सेनापतिलाई पनि भारतीइ सेनाको मानार्थ महारथी दर्ज्यानी चिन्ह दिने परम्परा छ।

द्विवेदीले १ नोभेम्बर २०२४ देखि भारतीय स्थल सेनाको २९ औं प्रमुखको जिम्मेवारी सम्हालेका थिए।

त्यस्तै एसएसबी प्रमुख हरेक वर्ष हुने समन्वय बैठकमा भाग लिन नेपाल आउन लागेका छन्। नेपालको सशस्त्र प्रहरी बल र भारतको एसएसबी बीच हुने समन्वय बैठक मंसिर १ र २ गते काठमाडौंमा हुँदैछ।

सम्बन्धित समाचार

सामाजिक सद्भाव खलबलिने कुनै पनि कार्यमा संलग्न नहुन कांग्रेसको आग्रह
सामाजिक सद्भाव खलबलिने कुनै पनि कार्यमा संलग्न नहुन कांग्रेसको आग्रह
  • २०८१ कार्तिक २८, ११: १६

काठमाडौं : नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज र कप्तानगञ्जमा भएका दुःखद घटना र त्यसपछिको तनावपूर्ण परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक...

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति, आन्दोलन स्थगित
आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति, आन्दोलन स्थगित
  • २०८१ कार्तिक २८, ११: १६

काठमाडौं : स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति...

नेपालमा पाटेबाघको संख्या ४२९ पुग्यो, चितवनमा सबैभन्दा धेरै १४५ बाघ
नेपालमा पाटेबाघको संख्या ४२९ पुग्यो, चितवनमा सबैभन्दा धेरै १४५ बाघ
  • २०८१ कार्तिक २८, ११: १६

काठमाडौँ ।  नेपालमा पाटेबाघ (रोयल बंगाल टाइगर) को अनुमानित संख्या बढेर ४२९ पुगेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले...