उद्योगीले महसुलको बक्यौता १५ दिनभित्र नतिरे फेरि लाइन काटिन्छः कुलमान – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

उद्योगीले महसुलको बक्यौता १५ दिनभित्र नतिरे फेरि लाइन काटिन्छः कुलमान

 

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगीहरुले विद्युत महसुलको बक्यौता रकम अबको १५ दिनभित्र नतिरेमा फेरि लाईन काट्ने जनाएका छन्।

राजधानीमा बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै कार्यकारी निर्देशक घिसिङले सरकारले गरेको निर्णय कार्यान्वयन गर्नका लागि महशुल नबुझाएका उद्योगहरूको लाइन पुनः जडान गरेको भन्दै अब १५ दिनभित्र वक्यौता रकम नउठे पुनः लाइन काट्ने जनाएका हुन्।

यसअघि पनि बक्यौता नतिरेकैका कारण कानुनबमोजिम लाइन काटेको भन्दै उनले अहिले मन्त्रिपरिषद्को निर्णयअनुसार अघि बढेको बताए।

ट्रकलाइन तथा डेडिकेटेड विद्युत् महसुल बक्यौताको सम्बन्धमा प्राधिकरणले जारी गरेको बिललाई नियामक निकायले स्वीकृत गरेको भन्दै उनले उद्योगीहरूले बक्यौता तिर्नै पर्ने बताए।

घिसिङले ट्रक तथा डेडिकेटेड विद्युत् महसुल दीर्घकालीन रूपमा समाधान गर्नु पर्ने बताए। उनले सरकार, प्राधिकरण मात्रै नभइ आमजनसरोकारको विषय भएको भन्दै महसुलको बक्यौता उठाउन अप्रत्यक्ष रुपमा आम नेपालीको समर्थनको खोजी गरे।

उनले विभिन्न कारणले अन्य विद्युत् महसुल उठाउन समस्या देखिएकाले यसले समग्र प्राधिकरणको आर्थिक प्रणालीमा असर पर्ने जनाए।

विद्युत महशुल तिर्नका लागि आनकानी गर्दै केही उद्योगीहरूले यसलाई राजनीतिकरण गर्न खोजेको उनको आरोप थियो।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०८१ कार्तिक २८, १७: ४५

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०८१ कार्तिक २८, १७: ४५

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०८१ कार्तिक २८, १७: ४५

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...