काठमाडौं। इजरायली सेनाले बिहीबार सिरियाको राजधानी दमस्कस र वरपरका आवासीय भवनमा हवाई आक्रमण गरेको सिरियाली रक्षा मन्त्रालयले जनाएको छ।
इजरायलको आक्रमणबाट १५ जनाको मृत्यु भएको छ। १६ जना घाइते भएका छन्। इजरायली सेनाले कब्जा गरेको गोलान हाइट्सको दिशाबाट हवाई आक्रमण सुरु गरिएको थियो।
दमस्कसको पश्चिममा रहेको मज्जेह छिमेक र राजधानीको उत्तरपश्चिमी कुदसाया उपनगरमा धेरै आवासीय भवनलाई निसाना बनाइएको थियो । आक्रमणबाट महिला र बालबालिकासहित १६ जना घाइते भएका बताइएको छ।
काठमाडौं : भिजिट भिसा प्रकरणलाई लिएर अवरुद्ध संसद् खोल्नेबारे सत्तारुढ दलहरू नेपाली कांग्रेस तथा नेकपा एमाले र प्रतिपक्षी माओवादीबीच २...
काठमाडौं : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयले कूटनीतिक सक्रियताका साथ ‘इङ्गेजमेन्ट’ बढाइएको र यसबाट देशको परराष्ट्र सम्बन्धमा राम्रै परिणाम...
काठमाडौंः नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । ९ महिनादेखि केन्द्रीय समितिको बैठक नगरेको कांग्रेसले असार १५ गतेका लागि...