
काठमाडौं। इजरायली सेनाले बिहीबार सिरियाको राजधानी दमस्कस र वरपरका आवासीय भवनमा हवाई आक्रमण गरेको सिरियाली रक्षा मन्त्रालयले जनाएको छ।
इजरायलको आक्रमणबाट १५ जनाको मृत्यु भएको छ। १६ जना घाइते भएका छन्। इजरायली सेनाले कब्जा गरेको गोलान हाइट्सको दिशाबाट हवाई आक्रमण सुरु गरिएको थियो।
दमस्कसको पश्चिममा रहेको मज्जेह छिमेक र राजधानीको उत्तरपश्चिमी कुदसाया उपनगरमा धेरै आवासीय भवनलाई निसाना बनाइएको थियो । आक्रमणबाट महिला र बालबालिकासहित १६ जना घाइते भएका बताइएको छ।
काठमाडौं : नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज र कप्तानगञ्जमा भएका दुःखद घटना र त्यसपछिको तनावपूर्ण परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक...
काठमाडौं : स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति...
काठमाडौँ । नेपालमा पाटेबाघ (रोयल बंगाल टाइगर) को अनुमानित संख्या बढेर ४२९ पुगेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले...