कोरोना खोपको विरोध गर्ने रोबर्टलाई ट्रम्पले बनाए स्वास्थमन्त्री – Naya Bikalpa
April 17, 2026, Friday      Epaper

कोरोना खोपको विरोध गर्ने रोबर्टलाई ट्रम्पले बनाए स्वास्थमन्त्री

काठमाडौं। अमेरिकाको स्वास्थ्यमन्त्रीमा खोरोना खोप विरोधी अभियन्ता रोबर्ट एफ केनेडी जूनियर नियुक्त भएका छन्।

नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुलाई चुनावमा सहयोग गरेका रोबर्टलाई स्वास्थ्यमन्त्रीमा नियुक्त गरेको घोषणा गरेका हुन्।

रोबर्ट एफ केनेडी जूनियरले डोनाल्ड ट्रम्पलाई धन्यवाद दिदैँ आफ्नो कार्यकालमा अमेरिकालाई फेरि स्वस्थ बनाउने वाचा गरेका छन्।

केनडीको नेतृत्वमा दीर्घकालीन रोगको महामारीको अन्त्यसँगै अमेरिकालाई फेरि महान र स्वस्थ बनाउने नारा पूरा हुने ट्रम्पले बताए।

केनेडी विश्वभर कोभिड महामारीविरुद्धको खोप विरोधी अडानलाई लिएर चर्चित छन्। उनको नियुक्तिलाई लिएर केही जनस्वास्थ्य अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन्।

युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका निर्देशक डा म्यान्डी कोहेनले एपीसँग कुरा गर्दै भनिन्, ‘म पछि गएर बालबालिका वा वयस्कहरूलाई खोपले काम गर्छ भनेर सम्झाउन वा ज्यान गुमाएको हेर्न चाहन्न। चिन्तित छु ।’

 

सम्बन्धित समाचार

करको दर पुनरावलोकन गरी पेट्रोलियम पदार्थको मूल्य घटाउ :कांग्रेस
करको दर पुनरावलोकन गरी पेट्रोलियम पदार्थको मूल्य घटाउ :कांग्रेस
  • २०८१ कार्तिक ३०, १५: ५५

काठमाडौँ।नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढेको भन्दै घटाउन माग गरेको छ । त्यसका लागि करका दरहरू पुनरावलोकन गर्न कांग्रेसले...

इजरायल र लेबनानबीच १० दिने युद्धविरामको सहमति
इजरायल र लेबनानबीच १० दिने युद्धविरामको सहमति
  • २०८१ कार्तिक ३०, १५: ५५

इजरायल र लेबनानबीच १० दिने युद्धविरामको सहमति भएको छ । बिहीबार साँझदेखि लागु हुने गरी दुई देशबीच युद्धविरामको सहमति भएको...

वैशाख कृष्ण औंसी आज, आमाको मुख हेर्ने पर्व मनाइँदै
वैशाख कृष्ण औंसी आज, आमाको मुख हेर्ने पर्व मनाइँदै
  • २०८१ कार्तिक ३०, १५: ५५

काठमाडौं : प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर...