
काठमाडौं : लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ दौडबाट बाहिरिएको छ । काठमाडौं गुर्खाजसँग पराजित भएसँगै लुम्बिनी प्लेअफ होडबाट बाहिरिएको हो ।
बुधबार भएको खेलमा काठमाडौंसँग लुम्बिनी १८ रनले पराजित भएको हो । ६ खेल खेलिसकेको लुम्बिनीले जम्मा १ खेल जित्दा ५ खेलमा हार व्यहोरेको छ । अब लुम्बिनीले लिग चरणको एक खेल मात्र खेल्न बाँकी रहेको छ ।
काठमाडौंले दिएको १०४ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रनमा अलआउट भयो ।
लुम्बिनीका लागि सन्दिप जोराले २९ बल खेल्दै २ चौका मदतमा सर्वाधिक २६ रन बनाए । यस्तै उन्मुक्त चन्दले १४ रन जोडे । सूर्य तामाङले अविजित ११ रन जोडे ।
काठमाडौंका कप्तान करण केसीले ४ ओभरमा १६ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । दिपेश कँडेलले ४ ओभरमा ६ रन मात्र खर्चेर ३ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले १९.२ ओभरमा सबै विकेट गुमाएर १०३ रन बनाएको थियो ।
काठमाडौंका लागि भिम सार्कीले सर्वाधिक ३१ रन बनाए । लुम्बिनीका साद विन जफरले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । रामोन सिमोण्ड्स र अभिशेष गौतमले २–२ विकेट लिए ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...
काठमाडौँ । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत शुक्रबार सम्पन्न खेलमा युएईलाई ६ रनले पराजित गरेको छ। वर्षाले प्रभावित बनेको...
काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...