काठमाडौंसँग पराजित हुँदै लुम्बिनी प्लेअफ दौडबाट बाहिरियो – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

काठमाडौंसँग पराजित हुँदै लुम्बिनी प्लेअफ दौडबाट बाहिरियो

काठमाडौं : लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ दौडबाट बाहिरिएको छ । काठमाडौं गुर्खाजसँग पराजित भएसँगै लुम्बिनी प्लेअफ होडबाट बाहिरिएको हो ।

बुधबार भएको खेलमा काठमाडौंसँग लुम्बिनी १८ रनले पराजित भएको हो । ६ खेल खेलिसकेको लुम्बिनीले जम्मा १ खेल जित्दा ५ खेलमा हार व्यहोरेको छ । अब लुम्बिनीले लिग चरणको एक खेल मात्र खेल्न बाँकी रहेको छ ।

काठमाडौंले दिएको १०४ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रनमा अलआउट भयो ।

लुम्बिनीका लागि सन्दिप जोराले २९ बल खेल्दै २ चौका मदतमा सर्वाधिक २६ रन बनाए । यस्तै उन्मुक्त चन्दले १४ रन जोडे । सूर्य तामाङले अविजित ११ रन जोडे ।

काठमाडौंका कप्तान करण केसीले ४ ओभरमा १६ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । दिपेश कँडेलले ४ ओभरमा ६ रन मात्र खर्चेर ३ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले १९.२ ओभरमा सबै विकेट गुमाएर १०३ रन बनाएको थियो ।

काठमाडौंका लागि भिम सार्कीले सर्वाधिक ३१ रन बनाए । लुम्बिनीका साद विन जफरले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । रामोन सिमोण्ड्स र अभिशेष गौतमले २–२ विकेट लिए ।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०८१ मंसिर २६, १६: ३३

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०८१ मंसिर २६, १६: ३३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०८१ मंसिर २६, १६: ३३

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...