नेपालले नेदरल्यान्ड्स र थाइल्यान्डसँग शृंखला खेल्ने – Naya Bikalpa
June 13, 2025, Friday      Epaper

नेपालले नेदरल्यान्ड्स र थाइल्यान्डसँग शृंखला खेल्ने

काठमाडौं : नेपाली महिला क्रिकेट टोलीले घरेलु मैदानमा नेदरल्यान्ड्स र थाइल्यान्डसँग त्रिकोणत्मक टी–२० शृंखला खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार माघ १७ गतेदेखि हुने शृंखलाको सम्पूर्ण खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । क्यानले शनिबार बेलुका सूचना जारी गर्दै श्रृंखलामा सबै टोलीले एक अर्कासँग ३–३ खेल खेल्ने जानकारी दिएको छ ।

पहिलो खेल माघ १७ गते नेपाल र नेदरल्याण्ड्स बीच हुनेछ । त्यसैगरी नेपालले थाइल्यान्डसँग माघ १८ गते खेल्ने छ । माघ १९ गते नेदरल्याण्ड्स र थाइल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । त्यसपछि माघ २५ गतेसम्म लगातार सोही क्रमका खेलहरू हुनेछन् । सबैले सबैको तीन पटक सामना गरेपछि अंकतालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।

नेपाली महिला टोलीले घरेलु मैदानमा खेल्न लागेको यो दोस्रो टी–२०आई सिरिज हो । यसअघि नेपालले घरेलु मैदानमा सन् २०२२ को मेमा युगान्डासँग ५ खेलको टी–२० आई सिरिज खेलेको थियो ।

सम्बन्धित समाचार

कूटनीतिक ‘इंगेजमेन्ट’ बढाएका छौं, परिणाम राम्रै निस्किन्छ : परराष्ट्रमन्त्री
कूटनीतिक ‘इंगेजमेन्ट’ बढाएका छौं, परिणाम राम्रै निस्किन्छ : परराष्ट्रमन्त्री
  • २०८१ पुष २७, २०: ४०

काठमाडौं : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयले कूटनीतिक सक्रियताका साथ ‘इङ्गेजमेन्ट’ बढाइएको र यसबाट देशको परराष्ट्र सम्बन्धमा राम्रै परिणाम...

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असार १५ गते बस्ने
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असार १५ गते बस्ने
  • २०८१ पुष २७, २०: ४०

काठमाडौंः नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । ९ महिनादेखि केन्द्रीय समितिको बैठक नगरेको कांग्रेसले असार १५ गतेका लागि...

बमको धम्कीपछि एयर इन्डियाको विमान थाइल्यान्डमै फिर्ता
बमको धम्कीपछि एयर इन्डियाको विमान थाइल्यान्डमै फिर्ता
  • २०८१ पुष २७, २०: ४०

काठमाडौंः थाइल्यान्डको फुकेट टापुबाट नयाँदिल्ली जाने एयर इन्डियाको उडानमा बमको खतरापछि उडान भरेको केही समयपछि शुक्रबार आपत्कालीन अवतरण गर्न बाध्य...