मोन्टी देशाईको सम्झौता नवीकरण नहुने, नयाँ प्रशिक्षकको खोजीमा क्यान – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

मोन्टी देशाईको सम्झौता नवीकरण नहुने, नयाँ प्रशिक्षकको खोजीमा क्यान

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने निर्णय गरेको छ । क्यानले उनीसँग भएको दुई वर्षको सम्झौता सकिएसँगै सम्झौता नवीकरण नगर्ने निर्णय गरेको हो । भारतीय क्रिकेटर देसाईलाई क्यानले २०७९ को माघ २३ मा नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

क्यानका प्रवक्ता छुम्बी लामाले मुख्य प्रशिक्षक मोन्टीसँगको सम्झौताको दुई वर्ष समाप्त भएको र क्यानले उनीसँगको सम्झौता नवीकरण नगर्ने निर्णय गरेको जानकारी दिए । क्यानले सामाजिक सञ्जालमार्फत शनिबार मोन्टी देसाईले नेपाली क्रिकेटमा पुर्‍याएको योगदानप्रति धन्यवाद ज्ञापन गरेको छ ।

देसाईले नेपाली क्रिकेटमा पुर्‍याएको योगदानको स्मरण गर्दै क्यानले शनिबार उनको प्रशंसा गरेको छ । क्यानले आफ्नो आधिकारिक फेसबुक पेजमा मोन्टीले ल्याएको ह्याप्पी ड्रेसिङ रुम अवधारणा र नेपाली क्रिकेटले प्राप्त गरेको सफलताका लागि उनलाई धन्यावाद दिएको छ ।

उनी प्रमुख प्रशिक्षक भएर आउँदा नेपाली टिम आईसीसी विश्वकप लिग २ मा खराब अवस्थाबाट गुज्रिरहेको थियो । देसाईकै प्रशिक्षणमा नेपालले सो लिगका पछिल्ला १२ मध्ये ११ खेलमा जित निकाल्दै विश्वकप ग्लोबल छनोटमा स्थान बनाएको थियो भने एक दिवसीय मान्यता पनि जोगाएको थियो ।

उनकै कार्यकालमा नेपालले पहिलो पटक एसिया कप समेत खेलेको थियो । मोन्टीकै प्रशिक्षणमा नेपालले दोस्रो पटक टी–२० विश्वकपसमेत खेलेको थियो ।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०८१ माघ १९, १८: २५

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०८१ माघ १९, १८: २५

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०८१ माघ १९, १८: २५

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...