म्यानचेष्टर सिटीले खायो आर्सनलको पाँच गोल – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

म्यानचेष्टर सिटीले खायो आर्सनलको पाँच गोल

काठमाडौं । इङ्ग्लिस प्रिमियर लिगमा आर्सनलले म्यानचेस्टर सिटीलाई ५-१ गोलको अन्तरले पराजित गरेको छ।
आइतबार राति एमिरेट्स स्टेडियममा भएको खेलमा ठूलो अन्तरको जित हात पारेसँगै आर्सनलले उपाधि दौडमा लिभरपुललाई दबाब दिएको छ।

आर्सनल लिग लिडर लिभरपुल भन्दा ६ अङ्क पछि छ, तर आर्सनलले एक खेल बढी खेलेको छ।मार्टिन ओडेगार्डले पहिलो हाफमा आर्सनलका लागि गोल गर्दै अग्रता लिएका थिए।दोस्रो हाफमा एर्लिङ्ग हालान्डले म्यानचेस्टर सिटीका लागि बराबरी गरे। तर आर्सनलले तुरुन्तै अग्रता लिन सफल भएको थियो ।थोमस पार्टेले हालान्डले गोल गरेको एक मिनेटपछि आर्सनलको लागि दोस्रो गोल गरेका थिए। त्यसपछि माइल्स लुइस-स्केली, काई हाभर्त्ज र सब्स्टिच्युट इथान न्वानेरीले स्टपेज समयमा उत्कृष्ट गोल गर्दै जित पक्का गरे।यो परिणामले आर्सनलले प्रिमियर लिगमा म्यानचेस्टर सिटीविरुद्धको सबैभन्दा ठूलो जितको रेकर्ड बनाएको छ। यो म्यानचेस्टर सिटीको जनवरी २०१७ मा एवर्टनसँगको खेलपछि सबैभन्दा ठूलो अवे हार हो।

म्यानचेस्टर सिटीका लागि भने यो हारले लगातार पाँचौं पटक उपाधि जित्न कठिन हुनसक्ने देखिएको छ ।

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८१ माघ २१, ०९: १८

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०८१ माघ २१, ०९: १८

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०८१ माघ २१, ०९: १८

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...