नेपालको लगातार चौथो हार – Naya Bikalpa
February 6, 2025, Thursday

नेपालको लगातार चौथो हार

काठमाडौं : नेपाल त्रिकोणात्मक टी–२० आई महिला शृंखलाको चौथो खेलमा पनि पराजित भएको छ ।मंगलवार भएको खेलमा नेपाल थाइल्यान्डसँग ५ रनले पराजित भयो ।

थाइल्यान्डले प्रस्तुत गरेको १०७ रनको लक्ष्य पछ्याएको नेपालले आठ विकेट गुमाउँदै १०१ रन मात्रै बनाउन सक्यो ।

नेपालका लागि रुविना क्षेत्रीले सर्वाधिक २६ रन बनाइन् । कविता जोशी २४ र पूजा महतो १८ रनमा आउट हुँदा रोमा थापा १९ रनमा अविजित रहिन् । थाइल्यान्ड लागि थिपचा पुत्थावोंगले ४ विकेट लिइन् ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६ रन बनाएको थियो ।

थाइल्याण्डका लागि चानिदा सुत्थीरुआंगले सर्वाधिक २७ रन जोडिन् । नेपालका लागि मनिषा उपाध्यायले ३ विकेट लिँदा पुजा महतो र रचना चौधरीले समान १-१ विकेट लिए ।

यो हारसँगै नेपालको उपाधि जित्ने सम्भावना समाप्त भएको छ । अपराजित थाइल्याण्डको भने उपाधि जित्ने सम्भावना बलियो बनेको छ ।

सम्बन्धित समाचार

रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न चितवन जिल्ला अदालतको आदेश
रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न चितवन जिल्ला अदालतको आदेश
  • २०८१ माघ २२, १५: ४५

काठमाडौं : चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ...

नेप्से परिसूचकमा ११ दशमलव ६४ अंकको गिरावट
नेप्से परिसूचकमा ११ दशमलव ६४ अंकको गिरावट
  • २०८१ माघ २२, १५: ४५

काठमाडौंः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज ११ दशमलव ६४ अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव...

प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री लेखक
प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री लेखक
  • २०८१ माघ २२, १५: ४५

काठमाडौं : गृहमन्त्री रमेश लेखकले प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता व्यक्त...