नेपालको लगातार चौथो हार – Naya Bikalpa
January 15, 2026, Thursday      Epaper

नेपालको लगातार चौथो हार

काठमाडौं : नेपाल त्रिकोणात्मक टी–२० आई महिला शृंखलाको चौथो खेलमा पनि पराजित भएको छ ।मंगलवार भएको खेलमा नेपाल थाइल्यान्डसँग ५ रनले पराजित भयो ।

थाइल्यान्डले प्रस्तुत गरेको १०७ रनको लक्ष्य पछ्याएको नेपालले आठ विकेट गुमाउँदै १०१ रन मात्रै बनाउन सक्यो ।

नेपालका लागि रुविना क्षेत्रीले सर्वाधिक २६ रन बनाइन् । कविता जोशी २४ र पूजा महतो १८ रनमा आउट हुँदा रोमा थापा १९ रनमा अविजित रहिन् । थाइल्यान्ड लागि थिपचा पुत्थावोंगले ४ विकेट लिइन् ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६ रन बनाएको थियो ।

थाइल्याण्डका लागि चानिदा सुत्थीरुआंगले सर्वाधिक २७ रन जोडिन् । नेपालका लागि मनिषा उपाध्यायले ३ विकेट लिँदा पुजा महतो र रचना चौधरीले समान १-१ विकेट लिए ।

यो हारसँगै नेपालको उपाधि जित्ने सम्भावना समाप्त भएको छ । अपराजित थाइल्याण्डको भने उपाधि जित्ने सम्भावना बलियो बनेको छ ।

सम्बन्धित समाचार

पार्टीलाई कमजोर पार्ने स्वार्थहरुलाई रोक्न सकिएन : डा. शेखर कोइराला
पार्टीलाई कमजोर पार्ने स्वार्थहरुलाई रोक्न सकिएन : डा. शेखर कोइराला
  • २०८१ माघ २२, १५: ४५

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले कांग्रेसभित्र देखिएको अत्यन्तै जटिल अवस्थाले मुलुककै लागि ठुलो राजनैतिक चुनैाती थपिएको...

ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु
ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु
  • २०८१ माघ २२, १५: ४५

इनरुवा : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–९ सोनयाहीमा आज ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्जु...

नेकपा (माओवादी) र जेनजी अगुवा मिराज ढुंगाना समूहबीच चार बुँदे सहमति
नेकपा (माओवादी) र जेनजी अगुवा मिराज ढुंगाना समूहबीच चार बुँदे सहमति
  • २०८१ माघ २२, १५: ४५

काठमाडौं : नेकपा (माओवादी) र जेनजी पुस्ताका अगुवा मिराज ढुंगाना समूहबीच सर्वपक्षीय सरकार गठन गर्न संघर्ष गर्ने सहमति भएको छ...