नेपाल लगातार पाँचौं खेलमा पराजित – Naya Bikalpa
February 6, 2025, Thursday

नेपाल लगातार पाँचौं खेलमा पराजित

काठमाडौं : काठमाडौंमा जारी त्रिकोणात्मक महिला टी–२० आई सिरिजमा नेपाल नेदरल्याण्ड्ससँग १० विकेटले पराजित भएको छ । जारी श्रृंखलामा नेपालको यो लगातार पाँचौं हार हो ।

नेपालले दिएको १ सय ४६ रनको लक्ष्य नेदरल्यान्ड्सले १९ ओभर बलमा एक विकेट पनि नगुमाइ पूरा गर्‍यो । नेदरल्यान्ड्सका स्टेर कालिसले ९८ र पेबे मोलकेनबोरले ४८ रन बनाए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो ।

नेपालका लागि पूजा महतोले अर्धशतकीय इनिङ खेलिन् । उनले ५१ बलमा नटआउट ६२ रन जोडिन् । उनले ४३ बलमा चार चौकाको मद्दतमा अर्धशतक पूरा गरेकी थिइन् । उनी त्रिवि त्रिकेट मैदानमा अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा अर्धशतक बनाउने पहिलो महिला खेलाडी बनिन् ।

यस्तै कप्तान इन्दु बर्माले ३९, रुबिना क्षेत्रीले २० रन बनाए । नेदरल्यान्ड्सकी आइरिस ज्विलिङ्गले २ विकेट लिइन् ।

नेपाल यसअघिका ४ वटै खेलमा पराजित भएको थियो । यसअघि नेपाली महिला टोली नेदरल्यान्ड्स र थाइल्यान्डसँग २/२ पटक पराजित भएको थियो । थाइल्यान्ड ४ वटै खेल जित्दै ८ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । नेदरल्यान्ड्स ५ खेलमा ६ अंकसहित दोस्रो स्थानमा छ । नेपाल अंकविहीन हुँदै पुछारमा छ । लिग चरणमा शीर्ष स्थानमा रहने टोलीले शृंखालाको उपाधि जित्नेछ ।

सम्बन्धित समाचार

सुनिल पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा
सुनिल पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा
  • २०८१ माघ २३, १५: २०

काठमाडौं : राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर भएको छ । सुरक्षा उपकरण...

युक्रेनी सेनाको कब्जामा परेका २ नेपालीको उद्धार
युक्रेनी सेनाको कब्जामा परेका २ नेपालीको उद्धार
  • २०८१ माघ २३, १५: २०

काठमाडौं : ९ महिनादेखि युक्रेनी सेनाको कब्जामा रहेका २ नेपाली युवाको उद्धारपछि शुक्रबार नेपाल आइपुग्ने भएका छन् । दलालको प्रलोभनमा...

रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न चितवन जिल्ला अदालतको आदेश
रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न चितवन जिल्ला अदालतको आदेश
  • २०८१ माघ २३, १५: २०

काठमाडौं : चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ...