महिला टी-२०आई शृंखलामा नेपाल नेदरल्यान्ड्ससँग १० विकेटले पराजित – Naya Bikalpa
February 6, 2025, Thursday

महिला टी-२०आई शृंखलामा नेपाल नेदरल्यान्ड्ससँग १० विकेटले पराजित

काठमाडौं । काठमाडौंमा जारी नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड सम्मिलित महिला टी-२०आई शृंखलाको आफ्नो पाँचौं खेलमा पनि नेपाल पराजित भएको छ । नेपाल नेदरल्यान्ड्ससँग १० विकेटले पराजित भएको हो । नेपालले दिएको १४६ रनको लक्ष्य नेदरल्यान्ड्सले बल बाँकी छँदा कुनैपनि विकेट नगुमाई पूरा गर्‍यो ।

नेदरल्यान्ड्सका लागि ओपनर स्टेरे कालिसले अविजित रहँदै ११ चौका र २ छक्कासहित ९८ रनको शानदार पारी खेलिन् । त्यसैगरी फेबे मोल्कनबोरले अविजित ४८ रन बनाइन् ।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले नेदरल्यान्ड्सलाई १४६ रनको लक्ष्य दिएको थियो । नेपालले २० ओभरमा ४ विकेट गुमाएर १४५ रन बनायो ।

नेपालका लागि पुजा महतोले अविजित अर्धशतक बनाइन् । पुजाले ५१ बलमा पाँच चौकासहित ६२ रन बनाइन् । यो यस शृंखलाकै उच्च व्यक्तिगत स्कोर हो ।कप्तान इन्दु बर्माले ३९ तथा रुबिना क्षेत्रीले २० रन बनाइन् । नेदरल्यान्ड्सका लागि आइरिस विलिङले २ विकेट लिँदा कारोलिन डे लाङ र हिथर सिगर्सले १-१ विकेट लिए ।चौथो नम्बरमा ब्याटिङमा आएकी पुजाले शृंखलामै नेपालका लागि पहिलो अर्धशतक बनाएकी हुन् । पुजाको यो दोस्रो टी२०आई अर्धशतक हो । यसअघि उनले सन् २०२४ मा माल्दिभ्सविरूद्ध अर्धशतक बनाएकी थिइन् ।

सम्बन्धित समाचार

सुनिल पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा
सुनिल पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा
  • २०८१ माघ २३, १६: ००

काठमाडौं : राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर भएको छ । सुरक्षा उपकरण...

युक्रेनी सेनाको कब्जामा परेका २ नेपालीको उद्धार
युक्रेनी सेनाको कब्जामा परेका २ नेपालीको उद्धार
  • २०८१ माघ २३, १६: ००

काठमाडौं : ९ महिनादेखि युक्रेनी सेनाको कब्जामा रहेका २ नेपाली युवाको उद्धारपछि शुक्रबार नेपाल आइपुग्ने भएका छन् । दलालको प्रलोभनमा...

रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न चितवन जिल्ला अदालतको आदेश
रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न चितवन जिल्ला अदालतको आदेश
  • २०८१ माघ २३, १६: ००

काठमाडौं : चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ...