एनएसएलको अक्सन फागुन १० गते – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

एनएसएलको अक्सन फागुन १० गते

काठमाडौं : नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणका लागि खेलाडीको अक्सन यही फागुन १० गते हुने भएको छ । आयोजक नेपाल स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम)ले बिहीबार प्रेस रिलिज जारी गर्दै तेस्रो संस्करणको अक्सन मिति घोषणा गरेको हो ।

अक्सनमा सहभागी सात टोलीले खेलाडी आबद्ध गर्न बोली लगाउनेछन् । झापा एफसी, एफसी चितवन, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी गरी सात टोली एनएसएलमा सहभागी छन् । यो सिजन स्पोर्टिङ डी इलाम र बीरगन्ज युनाइटेड बाहिरिएका छन् । अघिल्लो सिजन विराटनगरले पनि बाहिरिएको थियो ।

आयोजकले यस पटक फरक तरिकाले अक्सन गर्ने तयारी गरेको छ । अक्सनमा ए र बी क्याटेगोरीका खेलाडीहरु हुने आयोजकले जनाएको छ । यस्तै सी क्याटेगोरीका खेलाडीका पछि ड्राफ्ट हुनेछ । हरेक लेभलको खेलाडीका लागि अवसर प्रदान गर्ने उदेश्य रहेको आयोजकले जनाएको छ ।

यो सिजनको अक्सनमा ए, बी, सी र डी  श्रेणीका खेलाडी हुनेछन् । एउटा टोलीले कम्तिमा २२ र बढीमा २३ खेलाडी राख्न पाउनेछ । एक टोलीले ‘ए’ क्याटोगोरीबाट कम्तीमा तीन खेलाडी लिन पाउने छन् । त्यसमा कम्तीमा एक जना रिटेन्स गर्न पाउने छ । ‘बी’ बाट ६, ‘सी’ बाट चार र ‘डी’ क्याटोगोरीबाट एक खेलाडी लिन पाइने एनएसइएमले जनाएको छ ।

हरेक टोलीले एक रुकी (नव आगन्तुक खेलाडी) राख्न पर्नेछ । यस्तै, ६ विदेशी तथा आइकोनिक खेलाडी राख्न पाइने छ । तर कम्तीमा एक खेलाडी एसियाबाट हुनुपर्नेछ ।

सम्बन्धित समाचार

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०८१ फाल्गुन १, १९: ४९

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०८१ फाल्गुन १, १९: ४९

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०८१ फाल्गुन १, १९: ४९

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...