
नेपालको राजनैतिक परिवर्तन पछि पनि दलहरुका नेताहरुले आफ्नो आचारण सुधार गर्न सकेका छैनन् । राजनैतिक दलहरुका नेताहरुले पञ्चायत व्यवस्थालाई ढालेर प्रजातन्त्र पुनः स्थापना पछि केह राजनैतिक दलहरुले सुधार गर्न प्रयास गरे पनि जनताले सोचे जस्तो नभएका कारण पुनः दोस्रो जनआन्दोलनको बलबाट निर्माण भएको संघीय लोकतान्त्रिक गणतन्त्रका ठुला साना दलहरुको आचारणमा सुधार आउन नकै कठिन भइरहेको छ ।
किनकी दलहरुका नेताहरुले सरकार निर्माण गर्दा र सरकारबाट बाहिरिदा आ–आफ्नो सम्पत्ति विवरण पारदर्शी बनाउने प्रयास गरेकै छैनन् । सार्वजनिक पदमा बस्ने जो कोही व्यक्तिले पनि आ–आफ्नो जायजेथा सम्पत्ति विवरण सार्वजनिक गरेर पदमा जाने र पद छोड्दा पनि सरकारका अधिकांश मन्त्री तथा सरकारमा सामेल भएका दलहरुका नेताहरुले आजसम्म सम्पत्ति विवरण पारदर्शी गर्न नसक्नु पक्कै पनि केही न केही कमजोरी रहेका हुनुपर्दछ ।
त्यसैले सरकारका प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा मन्त्रीहरुले मात्र नभै अब सबै राजनैतिक दलका केन्द्रीय स्तरका नेताहरुले आ–आफ्नो सम्पत्ति आ–आफ्नो पार्टीको वेभ साइडमा भनेपनि राख्ने परिपार्टी बसाल्न सके जनताको नजरमा राजनीीतक दलहरुप्रति नकारात्मक टिप्पणी आउन कम हुने थियो ।
नेपालका राजनैतिक दलहरुको नेताहरुले पेशा के हो भन्दा राजनीति भनेर लेख्ने गरेका कारण राष्ट्रकै बेईज्जती भएको अनुमान सर्वत्र चर्चा भएको यस अवस्थामा राजनैतिक दलहरुले निकै सुध्रनु पर्ने देखिन्छ । राजनीति भनेको पेशा हुन सक्दैन किनकी राजनीति भनेको शुद्ध सेवा हो । जनताको सेवक भएर काम गर्ने हो । तर नेपालमा राजनीति गर्नेहरुले अकुत सम्पत्ति कमाउने प्रचलन भएको हुँदा नव युवाहरुमा राजनीतिप्रति पटक्कै चाख बढेको देखिदैन ।
नेपालको राजनैतिक दलहरुका नेताहरुको सँधै एउटै अनुहार हेर्दाहेर्दै नवयुवाहरु विदेश पलायन भएर देशप्रतिनै आस्था घट्दो छ । त्यसकारण नेपालका सबै राजनैतिक दलहरुका नेताहरुले आ–आफ्नो जे–जति सम्पत्ति छ सो पारदर्शी ढंगले जनताकामाझ सार्वजनिक गर्न अत्यावश्यक छ । किनकी यसो गर्दा भ्रष्टाचार समेत कम हुन सक्ने अुनमान गर्न सकिन्छ । अहिले नेपालका दुई ठुला दलहरुका नेताहरुले एक आपसमा आरोप–प्रत्यारोप गरेर एउटाले अर्कोलाई भ्रष्टाचारी भनेको सुनिन्छ । तर त्यही नेताले आफ्नो सम्पत्ति सार्वजनिक गरेको देखिदैन ।
त्यसैले एक आपसमा गाली गलौज गर्ने र भ्रष्टाचारीको आरोप लगाउनु सट्टा सबै राजनीतिक दलका केन्द्रीय स्तरका नेताहरुले सबैले आ–आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गर्दै सुरु गर्न सके नेपालको भ्रष्टाचारको समेत अन्त हुन सक्ला, नत्र राजनीति गर्ने भनेको कमाई खाने थलोको रुपमा परिणत हुँदै जाने परिपार्टीको विकास हुन सक्छ ।
काठमाडौं । नेपालको राजनीतिको ऐतिहासिक पृष्ठभुमि वोकेको काङ्ग्रेस गुटगत स्वार्थका कारण आफुलाई व्राण्ड दावि गर्ने र ईमान्दार कार्कर्तालाई रैतिको व्यवहार...
१. मुलुक कता जाँदैछ ? मुलुक फेरि नयाँ द्वन्द्वमा फस्ने खतरा बढेको छ । चाहे संविधान संशोधनको कृत्रिम बहानामा होस्...
नेपाली मुद्रण उद्योग व्यावसायको इतिहास लामो छ । गिद्धे प्रेसबाट सुरुभएको मुद्रण उद्योग हाल अत्याधुनिक डिजिटल तथा ठूला वेभ प्रिन्ट्रिङ्ग...