लोकतान्त्रिक सरकारले स्वच्छ आलोचनामाथि प्रश्न किन ? – Naya Bikalpa
July 29, 2026, Wednesday      Epaper

लोकतान्त्रिक सरकारले स्वच्छ आलोचनामाथि प्रश्न किन ?

नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना पश्चात् संविधानले निर्दिष्ट गरेको सरकारका अंगहरुमध्ये कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको काम, कर्तव्य र अधिकारको संरक्षण गर्दै स्वच्छ आलोचना गर्न लोकतान्त्रिक मुलुकहरुमा संचारमाध्यमको उल्लेखनीय भुमिका रहेको हुन्छ ।

राज्यको कानून, न्यायपालिकाको सम्मान, मानव अधिकारको संरक्षण, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताअनुसार संचार जगत्ले सबै तह र तप्काको स्वच्छ आलोचना गर्ने विधिलाईनै लोकतान्त्रिक संस्कार भनिन्छ ।

२०४६ सालदेखि नेपालको संचार क्षेत्रले त्यसै अनुरुप स्वच्छ प्रतिस्पर्धामा उभ्याउने प्रयास गरेको पाइन्छ, तथापि सानातिना कमीकमजोरी भने रहेको हुँदा संचारजगत् पक्कै पनि कर्तव्यनिष्ठ, वस्तुनिष्ठ हुँदै आएको हामीमाँझ छँदैछ । पछिल्लो समय नेपालको संचारजगत्ले अनावश्यक झन्झट र विभिन्नखाले अवरोधहरु व्यहोर्दै आउनु परेको छ ।

आमनिर्वाचनपछि बनेको झण्डै दुई तिहाइको सरकारबाट नेपाली संचारजगत्ले निकै ठुलो आशा, भरोसा गरेका थिए, तर सो अनुरुप सरकार भने नेपाली संचारजगत्सँग उदार भन्दा अनुदार बन्दै गएको छ । दुइतिहाईको सरकारद्वारा निर्माण भइरहेका अधिकांश संचारसम्बन्धी कानूनहरु संचारजगत्लाईनै कस्ने खालको निर्माण भइरहेको छ ।

मिडिया काउन्सिल विद्येयकदेखि सूचना प्रविधि सम्बन्धी विद्येयकले नेपालको प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारको हस्तक्षेपकारी भुमिका रहेको हुँदा सामाजिक सञ्जालदेखि नेपाली पत्रकारिता जगत्नै आतंकित भइरहेको छ ।

उक्त विद्येयकहरुले मिडियालाई पन्ध्रौ लाख जरिवाना गर्नेदेखि जेल सजाय समेतको प्रावधानले पक्कै पनि पत्रकारितालाई स्वच्छ प्रतिस्पर्धा हुन रोक लगाउने रणनीतिनै हो भन्न सकिन्छ ।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले हालैमात्रै मुटु नभएका सम्पादकहरु भनेर फेरी पनि संचारजगत्माथि आक्षेप लगाउनुभएको छ । के प्रधानमन्त्रीज्यू सरकारले गरेका कमीकमजोरी, भ्रष्टाचार अनियमिततालाई नेपाली संचारमाध्यमले गरेको स्वच्छ आलोचना सही नभएको तपाईको बुझाई हो, भने राजनीतिक दलहरुले खोलेका आफ्ना शुभेच्छुक संस्थाका रुपमा रहेका संघ–संस्थामार्फत् आफ्नो भजन–किर्तन गराए भइहाल्यो, नत्र नेपाली संचारमाध्यमले स्वच्छ आलोचना गरेर तपाईलाईनै आँखा देखाइ दिएको छ होइनर ? तपाईका नजरमा नपरेका विभिन्न गतिविधिलाई नेपाली संचारमाध्यमले स्वच्छ आलोचना गरेर त तपाईलाईनै आँखा खुलाइदिएको होइनर ? अहिले त तपाई फेरी अस्वस्थ भएर पनि मुलुकको बागडोर सम्हालिरहनु भएको छ ।

तपाई नियमित रुपमा आफ्नो कार्यालयमा समेत आउन नसक्नुभएको अवस्थामा नेपाली संचारमाध्यमले तपाईको खाटमै सूचना प्रवाह गरेर तपाईलाईनै सजिलो पारिदिएको छ । निकै लामो समयबाट तपाई सार्वजनिक कार्यक्रमदेखि सिंहदरबारसम्म आइपुग्न कठिन भएको अवस्थामा सरकारको कमीकमजोरीको बारेमा उल्टो सम्पादकहरुलाईनै मुटु नभएको भनेर तपाईले टिकाटिप्पणी गरिरहँदा हाम्रा संचारमाध्यमहरु अहिले डिजिटलमाध्यममार्फत् विश्वको कुनाकाप्चामा पुगेको समाचारले तपाईको उचाइलाईनै घटाउने काम किन गरिरहनु भएको छ ? त्यसैले लोकतान्त्रिक सरकारले स्वच्छ आलोचनालाई ग्रहण गर्दै नयाँ बाटो तय गर्ने परिपार्टी बसाल्न सकेमा सरकार र लोकतन्त्रनै बलियो बन्दै जान्छ ।

सम्बन्धित समाचार

वीपीको अपमान : सभापति थापाका बिरुद्ध बिष वमन
वीपीको अपमान : सभापति थापाका बिरुद्ध बिष वमन
  • २०७६ माघ ६, ०६: ००

काठमाडौं । १४औं महाधिवेशनका देउवा पक्षीय नेताहरुले विधि विधानलाई लत्याउँदै गएका कारण पार्टीभित्र र बाहिर ठूलो आक्रोश बढ्दै गयो ।...

एमाले र नेकपाको सहमतिले दिएको सन्देश कति सकारात्मक ? कांग्रेसभित्रको एकता कति अपरिहार्य ?
एमाले र नेकपाको सहमतिले दिएको सन्देश कति सकारात्मक ? कांग्रेसभित्रको एकता कति अपरिहार्य ?
  • २०७६ माघ ६, ०६: ००

१. प्रदेश सरकारमा चलखेलको परिणाम कुनै पनि राजनीतिक शक्तिले अतीतमा भएका गल्तीबाट पाठ सिकेका हुन्छन् तर नेपाली राजनीतिमा तत्कालको फाइदालाई...

संविधान संशोधन हल्का विषय हो र ? बालेन्द्र सरकारले सोचेजस्तै सरल काम हो र ?
संविधान संशोधन हल्का विषय हो र ? बालेन्द्र सरकारले सोचेजस्तै सरल काम हो र ?
  • २०७६ माघ ६, ०६: ००

  १.संविधान संशोधन सरल काम हो र ? २०८२सालको जेनजीआन्दोलनको माग सुशासन थियो, त्यसका लागि भ्रष्टाचार निर्मूलको सर्त थियो ।...