संघीय संसद्मा सम्पत्ति छानविनको प्रश्न तेर्सियो – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper

संघीय संसद्मा सम्पत्ति छानविनको प्रश्न तेर्सियो

नेपाली राजनीतिमा सँधै राजनीतिक दलका नेताहरुको सम्पत्तिको बारेमा नेपाली जनताले बारम्बार कुरा उठाइरहँदा सुनेनसुनेका गरिरहेका राजनीतिक दलका नेताहरुले यतिबेला संघीय संसदमा आफैले कुरा उठाउन थालेका छन् । यो सकारात्मक पक्ष हो । यो साता पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आफुसहित सबै नेताहरुको सम्पत्ति छानविन गर्नुपर्ने विषय उठाए ।

नेपाली सञ्चारजगत्ले सँधै यस विषयमा सचेत गराउँदै आउँदा पनि राजनीतिक दलका नेताहरुले आफुलाई सुधार्न कोशीस नगरिरहेको अवस्थामा नेपाली राजनीतिका महत्वपूर्ण व्यक्तिबाटै यस्तो जटिल कुराको संसद्को रोष्टमबाटै, आफुबाटै छानविनको सुरु गर्न आव्हान गर्नुलाई सकारात्मक सोंच मान्न कहीकतै कन्ज्युस्याई गर्ने ठाउँनै छैन । तथापि नेपाली राजनीतिमा राजनीतिलाई सेवाको भाव नभई पेसाको रुपमा विकसित गर्न उद्त भएका नेपाली राजनीतिका नेताहरुलाई पक्कै पनि यो कुराले झस्काएको हुनुपर्छ ।

अन्य मुलुकमा राजनीति भनेको जनताको सेवा, सामाजिक सेवा हो भन्ने विश्वव्यापी मान्यतालाई तिलाञ्जली दिँदै आएका नेपाली राजनेताहरुको सम्पत्ति छानविन गर्नु महत्वपूर्ण विषय हो । किनकी पूर्व प्रधानमन्त्री भट्टराईले भनेजस्तै हाम्रो हैसियत हिजोको र आज तुलना गर्न नसकिने अवस्था बन्दै गएको छ ।

हिजो अरुको जडौली भोटो लगाउनेहरु, आज चिल्लो कार र आलीसान महलमा बस्न थालेका छन्, यो कसरी कहाँबाट आयो पक्कै पनि त्यसको छानविन गर्नु जरुरी छ । हिजो चप्पल र पुरानो भोटो लाउनेहरुको आज आलीसान महल बनेको हुँदा जनता राजनीतिक दलका नेतादेखि आक्रोसित छन् ।

जनताले सिटामोल र जिवनजल समेत समयमा नपाएर अकालमा मृत्यु हुनु परिरहेको अवस्थामा नेताहरुको रहनसहन, आलीसान महल, चिल्ला गाडी, सोखसुविधा देख्दा आजित भएका नेपाली जनतालाई बाबुराम भट्टराईको भनाईले दुखेको घाउमा थोरै भएपनि मह्लम पट्टी त लगाउँलानै तरपनि यथार्थमा वर्तमान राजनेताहरुको सम्पत्ति छानविन गरेर नेपाली जनतामाझ छर्लङ्ग पार्न सके बचेकुचेको राजनीतिक यात्रा सरल हुन सक्ला !

सरकारले भ्रष्टाचार गर्दिन, भ्रष्टाचार हुन दिन्न, भनेर चिच्याइरहँदा मन्त्रीजस्ता व्यक्तिको अडियो टेपबाट प्रस्ट हुन्छ कि, सत्य कुरा के हो भनेर । जतिसुकै पानीमाथिको ओभानो बन्न खोजेपनि सत्य कुरा सत्यनै हुन्छ । त्यसैले नेपाली राजनीतिमा आफुलाई चोखो सावित गर्ने नेताले हिम्मत गर्नुपर्छ कि मेरो सम्पत्ति यति हो भनेर सार्वजनिक गर्न सकेमात्र बाबुराम भट्टराईले संघीय संसद्मा उठाएको प्रश्नको यथार्थता प्रस्टिनेछ ।

नेपाली राजनीतिमा सम्पत्ति छानविनको विषय हामीले निकै अगाडिदेखि उठाउँदै आइरहेका थियौं, त्यसलाई राजनीतिक दलका नेताहरुले सम्बोधन गर्नुभएकोमा हाम्रो अभियान अझ सक्रिय रहनेछ ।

सम्बन्धित समाचार

कांग्रेसमा कतिवटा महाधिवेशन ? एउटा कि दुईवटा ?
कांग्रेसमा कतिवटा महाधिवेशन ? एउटा कि दुईवटा ?
  • २०७६ फाल्गुन १९, ०७: ३६

    १ पन्ध्रौँ महाधिवेशनको चटारो अहिले कतिवटा नेपाली कांग्रेस छन् ? एउटा या दुइटा या अझ धेरै ? बीपी...

हिमाली सुनामी पीडितहरुको बाँच्नपाउने हकको सुरक्षा हुनुपर्छ
हिमाली सुनामी पीडितहरुको बाँच्नपाउने हकको सुरक्षा हुनुपर्छ
  • २०७६ फाल्गुन १९, ०७: ३६

  १. महाविपत्ति र त्यसपछिको उद्धार २०८३साल भदौ १० गतेको हिमाली सुनामीबाट अचानक सृजितमहाविपत्तिको चपेटामा नेपाल परेको छ र त्यस...

पुनर्जीवनका लागि असोजमा १५ औं महाधिवेशन
पुनर्जीवनका लागि असोजमा १५ औं महाधिवेशन
  • २०७६ फाल्गुन १९, ०७: ३६

काठमाडौं । नेपालको राष्टिय राजनीतिमा नेपाली कांग्रेसको पहिचान एउटा राजनीतिक दलका रूपमा मात्र सीमित नभएर मुलुकको लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण...