
चिनबाट सुरु भएको कोरोनाभाइरस नामक रोगबाट अहिले विश्वनै त्रसित भएको छ । चिनबाट सुरु भएको उक्त भाइरस विश्वभरीनै फैलिएको हल्ला भइरहेको छ । विभिन्न राष्ट्रहरुले यसको रोकथामको बारेमा विभिन्न स्वास्थ विधिहरु अपनाउने र आफना् जनतालाई सर्तक हुन आव्हान गरिरहेका छन् । हल्लाले अहिले हाम्रो मुुलुक पनि आत्रान्त भइरहेको छ ।
मानिसहरुमा एक किसिमको नचाहिदो कोलाहल मच्चिएको छ । सामाजिक सञ्जालकर्ताहरुले आफुखुसी विज्ञभन्दा पनि जान्ने ठानेर नचाहिदो कुराहरु सामाजिक सञ्जालमा पोस्ट गरिरहँदा मानिसहरुमा एक किसिमको त्रास भित्रिएको छ । बेलाबेलामा यस्ता ठुला महामारीहरु फैलिने र असावधानीपूर्वक भएका कमीकमजोरी बाहेक ठुलो धनजनको क्षति नभएको विज्ञहरु बताउँछन् । विज्ञले कोरोनाभाइरस सम्बन्धी विभिन्न सन्देशहरु प्रवाह गरिरहेका छन् । तरपनि त्रासितपूर्ण अवस्थाबाट नेपालीहरु गुज्रिरहेका छन् ।
दैनिक औषधिमुलोदेखि खाद्यान्नको सामानहरुको कृत्रिम अभाव हुने त्रासले यतिबेला मानिसहरुले ठुला सपिङ महलबाट सामानहरु महिनौ दिनका लागि थुपार्न थालेका छन् । हाल बजारमा माक्र्स, सेनिटाइजर लगायतका सामानहरुको अभाव हुन थालेको छ ।
नुन, तेल लगायतका खाद्यान्नका सामग्रीहरु उपभोक्ताहरुले चाहिनेभन्दा बढी खरिद गरेर बजार रित्तिएको छ । कालाबजारी गर्नेहरुले फेरी पनि सोझासाझा जनतालाई ढाड सेक्नेगरी मोलमोलाई गरिरहेका छन् । दश रुपैयाँमा खुद्रा पसलमा पाइने माक्स पचास रुपैयाँसम्म पु¥याइएको छ । त्यसैगरी सेनिटाइजरको मूल्यमा पनि अचाक्ली रुपमा बढाइएको छ ।
कृत्रिम अभाव फैलाएर उपभोक्तालाई ठग्ने काम सुरु भएको छ । यसरी पटकपटक उपभोक्ताहरुलाई ठग्ने कालाबजारीहरुले पनि हल्लालाई व्यापक बनाएका छन् । कोरोना भाईरसको त्रासले बढाएको हुन सक्छ । त्यसैले पनि नेपाली जनता सचेत हुन जरुरी छ ।
नाकाबन्दीदेखि लिएर औषधीमुलोको समेत अभाव हुने हल्ला चलाइएपनि देशभर खाद्यान्न लगायतका सामानहरुको अभाव हुन थालेका छन् । कृत्रिम अभाव फैलाउनेमाथि तत्काल कार्वाही गरी महामारीभन्दा त्रास फैलाउने कामलाई तत्काल सरकारले रोक्न सक्नुपर्दछ । अन्यथा ठुलो मात्रामा जनधनको क्षति हुने आशंका बढ्दै गएको छ । रोगको रोकथाममा भन्दा हल्लाको पछि नलाग्न यस मिडिया प्रा.लि. आफ्ना ग्राहक शुभचिन्तक लगायत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा आग्रह गर्दछ छ ।
१ पन्ध्रौँ महाधिवेशनको चटारो अहिले कतिवटा नेपाली कांग्रेस छन् ? एउटा या दुइटा या अझ धेरै ? बीपी...
१. महाविपत्ति र त्यसपछिको उद्धार २०८३साल भदौ १० गतेको हिमाली सुनामीबाट अचानक सृजितमहाविपत्तिको चपेटामा नेपाल परेको छ र त्यस...
काठमाडौं । नेपालको राष्टिय राजनीतिमा नेपाली कांग्रेसको पहिचान एउटा राजनीतिक दलका रूपमा मात्र सीमित नभएर मुलुकको लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण...