विपतमा संयमता अपनाउनुनै बुद्धिमानी – Naya Bikalpa
September 21, 2026, Monday      Epaper

विपतमा संयमता अपनाउनुनै बुद्धिमानी

विश्वभरका विभिन्न मुलुकहरुमा विभिन्न प्रकारका विपतहरु आईलाग्ने गर्दछन् । तर यस पटक विश्वका झण्डै १ सय ८८ भन्दा बढी मुलुकहरुमा एकै पटक विपति आइलागेको छ । शक्ति सम्पन्न राष्ट्रहरुमा बेला वखत हुने दैवी विपतदेखि महामारीले सताउँदा सबै राष्ट्रहरुले सबैतिरबाट सघाएको इतिहास छँदैछ ।

तर यस पटक ठुला राष्ट्रहरुमा पनि विपत आइलागेका कारण कसले कसलाई सहयोग गर्ने दुविधा बढेर गएको छ । चीनको बुहान भन्ने स्थानबाट सुरु भएको नोभल कोरोना भाईरस कोभिड–१९ भन्ने भाईरसले यतिखेर विश्वलाईनै आतंकित बनाई दिएको छ । विश्वभरका मानिसहरुको यतिखेर कोलाहल मच्चिरहेको छ ।

हाम्रो मुलुक नेपालमा आजको दिनसम्म उक्त महामारी फैलिन नसकेको हुँदा उच्च सर्तकर्ता अपनाउन विश्व स्वास्थ्य संगठनले आव्हान गरी रहेको छ । चिनबाट सुरु भएपनि यतिखेर चिनमा नियन्त्रणमा आईसकेको र चिनमा कोरोना भाईरस अस्पतालहरुमा बिरामी आउने क्रम रोकिएको छ । त्यसैले चिनको डाक्टरहरु उपकरण सहित जम्बोटोली इटली पुगेर मानवीय सेवाहरु गरीरहेका छन् । तापनि इटलीका व्यक्तिहरुमा संक्रमित नियन्त्रण हुन सकेको छैन् ।

हाम्रो देश नेपालको भौगोलिक अवस्थादेखि आर्थिक अवस्थालाई मध्यनजर गर्दै सरकारले मात्र यस्तो विपत्तिमा सबै कुरा गर्न सक्छ भनेर टुलटुली हेरेर बस्ने अवस्था हुँदैन । सबै तहबाट संयमता र धैर्यताका साथ काम गर्न सक्यो भने ठुलो क्षति हुनबाट जनतालाई बचाउन सकिन्छ । त्यसैले सरकारले ९ गतेबाट सुरु गरेका विभिन्न नियमहरु स्वतःस्फुर्त रुपमा नेपाली जनताले पालना गर्दा सबैको हित हुनेछ ।

२०७२ सालको महाभुकम्पमा पनि नेपाली नेपालीबीच आत्मबल र सदासंयता प्रकट भएका कारण ठुलो मानवीय क्षति हुनबाट बच्न सकेको तथ्य हामीबिच छँदैछ । त्यसैले हालै सरकारले आव्हान गरे अनुसार जनता पनि अनुशासित हुन जरुरी छ । २०७२ सालमा पनि राजनैतिक दलदेखि जनता जनताबीच एक आपसमा सहयोगी भावनाका कारण ठुलो मानवीय सहयोग प्राप्त भएको हो । अहिले पनि नकारात्मक सोंचभन्दा सकारात्मक भावना लिएर मानवीय सहयोगी हातहरु अगाडी बढाउन अत्यावश्यक छ ।

त्यसैले राज्य सञ्चालन गर्ने जिम्मेदारी पाएको राजनैतिक दल र विपक्षीमा बसेको दल तथा अन्य दलहरुबिच राष्ट्रिय संकटमा एउटै भावना प्रकट हुनुपर्दछ ।

सर्वप्रथम आफ्ना नागरिकको ज्यान सुरक्षा कसरी गर्ने भन्ने समन्वयात्मक भावना जागरुक हुन अत्यावश्यक छ । अहिले समाजमा भएका अफवाहहरुलाई मेटाउन राजनैतिक दलहरुले विशेष पहल गर्नुपर्दछ । स्वतन्त्रताका नाममा गर्ने भ्रामक तथा नकारात्मक सूचना जो कोहीले गर्दा समाजमा ठुलो क्षति हुन सक्छ ।

स्वास्थ्यसम्बन्धी कुराहरु स्वास्थ्य सम्बन्धित डाक्टरको मात्र आधाकारिक सूचनालाई महत्व दिनुपर्दछ । सही सूचनाले मात्र समाज आतंकबाट बच्न सक्छ । अहिले सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले निकै संयमता अपनाएर हल्लाको भरमा समाजमा नकारात्मक सन्देश फैलाउनु हुँदैन । विपत्मा संयमतानै बुद्धिमानी हो ।

सम्बन्धित समाचार

कांग्रेसमा कतिवटा महाधिवेशन ? एउटा कि दुईवटा ?
कांग्रेसमा कतिवटा महाधिवेशन ? एउटा कि दुईवटा ?
  • २०७६ चैत्र १०, ०७: ५६

    १ पन्ध्रौँ महाधिवेशनको चटारो अहिले कतिवटा नेपाली कांग्रेस छन् ? एउटा या दुइटा या अझ धेरै ? बीपी...

हिमाली सुनामी पीडितहरुको बाँच्नपाउने हकको सुरक्षा हुनुपर्छ
हिमाली सुनामी पीडितहरुको बाँच्नपाउने हकको सुरक्षा हुनुपर्छ
  • २०७६ चैत्र १०, ०७: ५६

  १. महाविपत्ति र त्यसपछिको उद्धार २०८३साल भदौ १० गतेको हिमाली सुनामीबाट अचानक सृजितमहाविपत्तिको चपेटामा नेपाल परेको छ र त्यस...

पुनर्जीवनका लागि असोजमा १५ औं महाधिवेशन
पुनर्जीवनका लागि असोजमा १५ औं महाधिवेशन
  • २०७६ चैत्र १०, ०७: ५६

काठमाडौं । नेपालको राष्टिय राजनीतिमा नेपाली कांग्रेसको पहिचान एउटा राजनीतिक दलका रूपमा मात्र सीमित नभएर मुलुकको लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण...