फर्नेस तेल खरिद विक्री खुल्ला गर्ने आयल निगमको निर्णय – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

फर्नेस तेल खरिद विक्री खुल्ला गर्ने आयल निगमको निर्णय


नयाँ विकल्प,
काठमाडौं – नेपाल आयाल निगमले निजी क्षेत्रलाई समेत भारतीय बजारबाट फर्नेस तेल खरिद गरी नेपालमा बिक्री बितरण गर्न अनुमति दिने भएको छ ।

चार वर्ष अघि माग घटेको भन्दै रोकिएको फर्नेस आयलको बिक्री पुनः सुरु गरिएको नेपाल आयल निगमले जनाएको छ । व्यवसाय विविधिकरण गर्नका लागि फर्नेस तेल बिक्री सुरु गर्ने निर्णय गरिएको निगमले जनाएको छ ।

बजारमा यस्तो तेलको माग बढ्न थालेपछि निगमले निजी क्षेत्रलाई समेत फर्नेस आयल ल्याउन अनुमति दिने भएको हो । त्यस्ता निजी क्षेत्रले भारतको हल्दिया रिफाइनरी डिपो र मथुरा रिफाइनरी डिपोबाट खरिद आदेश (पीडिओ) पाएपछि ल्याउन सक्नेछन् ।

निगमले फर्नेस आयल खरिद गर्नको लागि प्रदेश नं १ को बिराटनगर, प्रदेश नं २ को अमलेखगञ्ज र बागमति प्रदेशस्थित निगमको केन्द्रीय कार्यालय काठमाडौंबाट खरिद अनुमति लिनु पर्नेछ ।
औद्योगिक प्रयोजनका लागि नेपालमा प्रयोग गरिदैं आएको फर्नेस तेलको नेपालमा विद्युत प्राधिकणले बढी खरिद गर्ने गरेको छ ।

निगमले पिडिओ दिएपछि यसको कारोबार गर्दै आएका व्यवसायीले खरिद बिक्री गर्न पाउने छन् । हालसम्म व्यवसायीले भारतीय आयल कर्पोरेसन (आईओसी) बाट सिधै खरिद गर्दै आएका थिए । अब भने निगमको अनुमतिपछि मात्र खरिद गर्न पाइन्छ ।

फर्नेस आयल डिजेलको तुलनामा धेरै सस्तो छ । डिजेल हाल प्रतिलिटर ९० रुपैयाँमा बिक्री हुँदै आएको छ, भने फर्नेस आयल प्रतिलिटर ६० रुपैयाँसम्म बिक्री हुन्छ । फर्नेस आयल बिक्रीको एकाधिकार निगममा आएपछि निजी क्षेत्रको कारोबार थप व्यवस्थित हुने निगमले जनाएको छ ।

फर्नेस तेलको मूल्य प्रति टन ५३ हजार ८ सय ३६ रुपैयाँ भनी निगमले निर्धारण गरेको छ ।
नेपाल विद्युद प्राधिकरण अन्तर्गतको मल्टी फ्युल पावर प्लान्ट बन्द भइ माग घटेपछि निगमले यसको बिक्री बितरण रोकेको थियो ।

निगमले फर्नेस तेल आर्थिक वर्ष ०७३–०७४ मा ३६ टन, ०७२–७३ मा ७७ टन,०७१–७२ मा आठ सय ८३ टन आयात गरेको थियो ।

सम्बन्धित समाचार

कार्यदलको सातबुँदे सुझावपछि महासंघले लोककल्याणकारी विज्ञापनको भुक्तानी बिल नबुझाउन ७ प्रदेश, ७७ जिल्लालाई पठायो सर्कुलर
कार्यदलको सातबुँदे सुझावपछि महासंघले लोककल्याणकारी विज्ञापनको भुक्तानी बिल नबुझाउन ७ प्रदेश, ७७ जिल्लालाई पठायो सर्कुलर
  • २०७७ आश्विन ५, १४: ३९

काठमाडौं : नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा आयोजित सम्पादक तथा प्रकाशकहरूको भेलाबाट गठन गरिएको छापामाध्यम सुझाव कार्यदलले दिएको सात बुँदे...

विज्ञापन कटौती नसच्याए सरकारविरुद्ध छापा माध्यम सडकमा उत्रिने, दवाडीको संयोजकत्वमा छापा माध्यम बचाउ कार्यदल गठन
विज्ञापन कटौती नसच्याए सरकारविरुद्ध छापा माध्यम सडकमा उत्रिने, दवाडीको संयोजकत्वमा छापा माध्यम बचाउ कार्यदल गठन
  • २०७७ आश्विन ५, १४: ३९

काठमाडौं : लोककल्याणकारी विज्ञापनबापत छापा माध्यमले प्राप्त गर्दै आएको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं...

‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ लाई मदन पुरस्कार, जगदम्बा-श्री किरण खरेललाई
‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ लाई मदन पुरस्कार, जगदम्बा-श्री किरण खरेललाई
  • २०७७ आश्विन ५, १४: ३९

काठमाडौं : मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार वीणा जोशी (राजभण्डारी) को पुस्तक ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ लाई प्रदान...