
काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले बढेर २ लाख ९३ हजार ३ सय रुपैयाँ पुगेको छ। मंगलबार सुन प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेर ४ हजार ४ सय २५ रुपैयाँ पुगेको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।
काठमाडौँ — सरकारी कार्यालयहरूले खपत गरेको विद्युतको महसुल अब पूर्ण रूपमा डिजिटल माध्यमबाट भुक्तानी हुने भएको छ। यसका लागि नेपाल...
काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको आधिकारिक खुला बजार विनिमय दर सार्वजनिक गरेको छ। आजको...
काठमाडौँ — धितोपत्र बजारमा अघिल्लो दिनको सुधारलाई निरन्तरता दिन नसक्दा आज (बुधबार) नेप्से सूचक ६.३८ अंक (०.२४%) ले घटेर २५७२.३४...