काठमाडौं । प्रभु बैंक लिमिटेडको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष देवी प्रकाश भट्टचनको अध्यक्षतामा सम्पन्न उक्त वार्षिक साधारण सभाबाट सञ्चालक समितिको प्रतिवेदनसहित गत आ.व. ०७३÷०७४ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु भएको जनाएको छ ।
साथै, बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको गत आ.व. २०७३÷०७४ को एकीकृत वित्तीय विवरण पनि पारित गरिएको छ ।
प्रभु बैंकको १६औं वार्षिक साधारण सभामा छलफल तथा निर्णयार्थ प्रस्तुत सामान्य तथा विशेष प्रस्तावहरु पारित गर्दै बैंकले डिवेञ्चर तथा वण्ड जारी गर्न सक्ने, सार्वजनिक निष्काशन गरिएका धितोपत्रहरु निष्कासन हुँदाका बखत लगानतीकर्ताबाट दरखास्त संकलन गर्ने, कम्तिमा १ जना महिला सञ्चालक रहने व्यवस्था मिलाउनका लागि बैंकको प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गरि आगामी दिनमा अगाडी बढ्ने कार्ययोजना समेत पारित गरेको छ ।
प्रेमचन्द्र झा जनकपुरधाम : मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को असार २६ गतेसम्म कुल विनियोजित बजेटको ५६.३१ प्रतिशत खर्च...
काठमाडौं : चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा रु २१ खर्ब २० अर्ब ८० बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...