बैंकका कर्मचारीको आन्दोलनप्रति ट्रेड यूनियन कांग्रेसको ध्यानाकर्षण – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

बैंकका कर्मचारीको आन्दोलनप्रति ट्रेड यूनियन कांग्रेसको ध्यानाकर्षण

नयाँ बिकल्प,

काठमाडौं – सामाजिक सुरक्षा कोषप्रति असहमति राख्दै बैंक तथा वित्तीय संस्थाको कर्मचारीले गरिरहेको आन्दोलनप्रति ट्रेड यूनियन कांग्रेसले विज्ञप्ति जारी गर्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।


मुलुकका सम्पूर्ण प्रतिष्ठानहरुलाई २०७८ असार मसान्तसम्म अनिवार्य रुपले कोषमा आवद्ध हुन जारी गरेको सूचनाप्रति असहमति राख्दै बैंक तथा वित्तीय संस्थाका कर्मचारी संघले कोषको विरोध गरिरहेका छन् ।

आफ्ना १४ बुँदे माग संवोधन भएमा मात्रै कोषमा आवद्ध हुने बैंक तथा वित्तीय संस्था कर्मचारी संघको भनाई छ । यस प्रति नेपाली कांग्रेस ट्रेड यूनियनले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

यूनियनले आफ्नो पहलमा सामाजिक सुरक्षा सम्वन्धि योजना अगाडी बढाएको दावी गर्दै श्रम ऐन र सामाजिक सुरक्षा कोष ऐन अनुसार नियमावली निर्माण नगरिएका बताएको छ ।
अनौपचारिक क्षेत्रमा संलग्न श्रमिकहरु कोषमा आवद्ध हुन नसक्नु तथा बैंक तथा वित्तीय संस्थाका कर्मचारीले असन्तुष्टि त्यसै उपज भएको उसको भनाई छ ।

बैंक, वित्तिय संस्थाका कर्मचारीले खाइपाई आएको सुविधा घटाएर र घाटा व्यहोर्नु गरी आवद्धता गराउने प्रयास कोषले गराउन नहुने भन्दै कोषमा आवद्धत हुने समय बढाउन यूनियनले कोषलाई भनेको छ । आगामी असार मसान्तको समय सिमालाई बढाएर भएपनि सबै क्षेत्रका श्रमिकलाई कोषमा समेटर अगाडी बढ्नुपर्ने यूनियनको भनाई छ ।

सम्बन्धित समाचार

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७८ असार १८, २०: ००

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

कोप–३१ का विभिन्न कार्यक्रममा सहभागी भएर अर्थमन्त्री वाग्ले स्वदेश फर्किए
कोप–३१ का विभिन्न कार्यक्रममा सहभागी भएर अर्थमन्त्री वाग्ले स्वदेश फर्किए
  • २०७८ असार १८, २०: ००

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७८ असार १८, २०: ००

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...