
नयाँ विकल्प,
काठमाडौं – मिर्मिरे लघुवित्तले एफपीओ निष्कासनका लागि रेटिङ सम्पन्न गरेको छ । यस एफपीओलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी इस्यूआर बीबी’ रेटिङ दिएको छ ।
यसले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ । साथै, यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यम जोखिम रहेको भन्ने पनि जनाउँछ ।
कम्पनीले ५१ हजार ३१६ कित्ता एफपीओ निष्कासन गर्ने तयारी गरेको छ । एफपीओ निष्काशन सम्बन्धी कार्य गर्न कम्पनीले नेपाल एसबीआई मर्चेन्ट बैंकिङसँग सम्झौता गरिसकेको छ ।
यसर्थ, मिर्मिरेको एफपीओमा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गर्नेछ । यता, कम्पनीले एफपीओ निष्कासन गर्नको लागि अहिलेसम्म धितोपत्र बोर्डमा भने आवेदन दिएको छैन ।
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले सोमबार आफ्नो ९०औँ वार्षिकोत्सव मनाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा...
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...