
नयाँ विकल्प,
काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नेपाल वायुसेवा निगमको रणनीतिक सुधारका लागि भइरहेको कार्यको विषयमा अनावश्यक भ्रमपूर्ण सूचना सम्प्रेषण भएको भन्दै आपत्ति जनाएको छ ।
आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले निगमका बारेमा अनावश्यक र भ्रमपूर्ण हल्ला फैलाउने काम भएको भन्दै मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।
‘नेपाल वायुसेवा निगमको रणनीतिक सुधारका लागि भइरहेका कार्यहरुको सम्बन्धमा विभिन्न महानुभावहररुबाट भ्रमपूर्ण सूचना सम्प्रेषण भइरहेको सम्बन्धमा मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको छ’ निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस सम्बन्धमा निगमलाई निजीकरण गर्ने वा निजी कम्पनीमा रुपान्तरण गर्ने मन्त्रालयको हालसम्म कुनै योजना एवं कार्यक्रम नभएको तथा निजीकरणको प्रकृयाका सम्बन्धमा हालसम्म कुनै छलफल समेत नभएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले सोमबार आफ्नो ९०औँ वार्षिकोत्सव मनाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा...
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...