काठमाडौं । सर्वोच्च सम्पत्ति सुखी दम्पति भन्ने नाराका साथ गरिमा विकास बैंकले गरिमा दम्पति बचत खाता संचालनमा ल्याएको छ । प्रदेश नं. १ अन्र्तगत झापा, मोरङ्ग र सुनसरी जिल्लाका विभिन्न स्थानमा स्थापित ८ वटा शाखा कार्यालयको औपचारिक समुद्घघाटनको पूर्वसन्ध्यामा बैंकले ९ प्रतिशत व्याजदरको नयाँ खाता सञ्चालनमा ल्याएको हो ।
बुधबार झापाको मेची पुलबाट गरिमा विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले उक्त खाताको सुरुवात गरेका थिए । नयाँ खातामा उपलब्ध निशुल्क सेवाबाट बैंकमा खाता खोल्नेहरु लाभान्वित हुने अध्यक्षले बताए । बैंकमा उक्त खाता खोल्ने ग्राहकहरुले बार्षिक ९ प्रतिशत व्याज प्राप्त गर्नुका साथै एटीएम कार्ड, मोबाईल बैंकिङ्ग सुविधा, सि–आश्वा सुविधा र एविविएस सुविधा समेत निःशुल्क रुपमा प्राप्त गर्ने बैंकले जनाएको छ ।
काठमाडौं : नेपाल आयल निगमले बुधबारदेखि एलपी ग्यासको साविककै १४.२ केजी क्षमताको पूरा सिलिन्डर बिक्री–वितरण पुनः सुरु गर्ने निर्णय गरेको...
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार सामान्य अंकले बढेको छ। आज नेप्से ६.११ अंकले वृद्धि हुँदै २,५७६.२९ विन्दुमा...
प्रेमचन्द्र झा जनकपुरधाम : मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को असार २६ गतेसम्म कुल विनियोजित बजेटको ५६.३१ प्रतिशत खर्च...