
नयाँ विकल्प,
काठमाडौं – आइतबार सेयर बजार परिसूचक नेप्सेले वृद्धि भएको छ । नेपाल स्ट्क एक्सचेन्जका अनुसा आज नेप्से परिसूचक एकै दिन ९७.२१ अंकले बढेर २ हजार ९८०.६१ विन्दुमा पुगेको हो ।
केही समयअघि ३ हजार माथि पुगेर ओरालो यात्रामा रहेको नेप्सेले पुनः आफ्नो उकालो यात्रा तय गरेको हो । नेप्सेका अनुसार आज साताको पहिलो कारोबारका दिन ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १९.५५ अंकले बढेर ५६०.९६ विन्दुमा पुगेको छ ।
यसदिन सबै समूहहरु धनात्मक (पोजेटिभ) भएर बजारमा हरियाली छाएको छ । आज कुल २२१ कम्पनीका २ करोड ८८ लाख कित्ता माथिको सेयर १ लाख १६ हजार २९४ पटक किनबेच हुँदा ११ अर्ब ६३ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ ।
गत हप्ताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से परिसूचक ११.३३ अंकले बढेर २ हजार ८८३ दशमलव ३८ बिन्दुमा पुगेको बजार बन्द भएको थियो ।
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...
धनकुटा : धनकुटा उद्योग वाणिज्य सङ्घको वर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण काम तथा उपलब्धि सार्वजनिक गरेको छ। सङ्घले शुक्रबार...
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...