आइएमईको १८औं वार्षिकोत्सव सम्पन्न – Naya Bikalpa
July 28, 2026, Tuesday      Epaper

आइएमईको १८औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । आइएमई १७औँ वर्ष पार गरेर १८औँ वर्षमा प्रवेश गरेको छ । स्थापना कालदेखि नै साझेदारी व्यवसायलाई मूख्य प्राथमिकता दिँदै आएको आइएमईले १८औं वर्षसम्मको व्यावसायिक यात्रामा देशभित्र करिव २० हजार व्यावसायिक साझेदारहरूको साझा संजाल निर्माण गरेको बताएको छ । त्यसैले ‘१८औँ वार्षिकोत्सव साझेदारीको’ भन्ने मूलनाराका साथ यस पटकको वार्षिकोत्सव मनाइएको जनायो ।

१८औँ वर्षसम्म आइपुग्दा आइएमईले रेमिटेन्सको क्षेत्रमा आर्जन गरेको पर्यावाची नामलाई कायम राखिराखेको छ । आइएमईको शाख, प्रतिष्ठा र विश्वासलाई कायम राखिराख्न परम्परागत रेमिटेन्स सेवालाई समयानुकूल परिमार्जन गर्दै ‘आइएमई पे’मार्फत प्रविधिमैत्री डिजिटल रेमिटेन्स सेवाको समेत थालनी गरिसकेको छ ।

१८औं वार्षिकोत्सवका अवसरमा काठमाडौं पानी पोखरीस्थित केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा शुभकामना दिँदै आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमईको व्यावसायिक यात्राको स्मरण गर्दै कुनै पनि कामप्रति समर्पण र पेशा प्रतिको इमान्दारिता हुनुपर्ने धारणा व्यक्त गरे । आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले कर्मचारीहरूको सीपविकास र क्षमता अभिबृद्विमा विशेष ध्यान दिइएको बताउँदै प्रतिष्पर्धा आफैंले आफैंसँग गर्नुपर्ने बताए । प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले एउटा कर्मचारीका लागि आइएमई ग्रुपमा धेरै अवसरहरु भएको बताउँदै त्यो अवसरलाई उपयोग गर्ने क्षमता सवैमा विकास हुनुपर्ने बताए ।

वार्षिकोत्सवका अवसरमा कार्यालय परिसरमा आयोजित रक्तदान कार्यक्रममा ९५जनाले रक्तदान गरेका थिए । कार्यक्रममा १८औँ वार्षिकोत्सवका दिनसम्म दशवर्ष सेवाअवधि पुरा गरेका कर्मचारीहरूलाई अध्यक्ष, प्रवन्ध निर्देशक र प्रमुख कार्यकारी अधिकृतले प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने १८औँ वार्षिकोत्सवको अवसरमा आयोजित फुट्सल प्रतियोगिताका विजेता तथा उपबिजेताहरुलाई शिल्ड, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।
यसैबीच, आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र बयोधा हस्पिटल प्रा.लि. बीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव महाप्रबन्धक पवन थापा र बयोधा हस्पिटलका महाप्रबन्धक राजीभ चौधरीले हस्ताक्षर गरेका हुन । उक्त सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहक महानुभावहरुको बीमालेखको सीमासम्म बयोधा हस्पिटबाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ ।

सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव महाप्रबन्धक पवन थापाले बयोधा हस्पिटलले कम्पनीसंगको सहकार्यमा कम्पनीका ग्राहक महानुभावहरुलाई बीमालेखमा तोकिएको सिमासम्म Cash Less Hospitalization सुविधा प्रदान गर्ने इच्छा व्यक्त गरी संझौता गरेकोमा अस्पतालको संचालक समिति तथा व्यवस्थापनलाई धन्यवाद दिए । साथै सोही अवसरमा बयोधा हस्पिटलले आफना ग्राहकहरुलाई आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसंग IGIऔषधोपचार बीमालेख खरिद गरी अस्पतालसंग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस (Cash Less Hospitalization) सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आबद्ध सदस्यहरुलाई औषधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्न सक्ने जानकारी दिए ।

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७५ असार ४, १०: १५

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...

नेप्सेमा ३३.२८ अंकको गिरावट, सबै उपसूचक ओरालो लाग्दा ६ अर्बभन्दा बढीको कारोबार
नेप्सेमा ३३.२८ अंकको गिरावट, सबै उपसूचक ओरालो लाग्दा ६ अर्बभन्दा बढीको कारोबार
  • २०७५ असार ४, १०: १५

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको दोस्रो कारोबार दिन सोमबार ३३.२८ अंकले घटेर २७०१.३२ विन्दुमा बन्द भएको छ।...

वीपीको अपमान : सभापति थापाका बिरुद्ध बिष वमन
वीपीको अपमान : सभापति थापाका बिरुद्ध बिष वमन
  • २०७५ असार ४, १०: १५

काठमाडौं । १४औं महाधिवेशनका देउवा पक्षीय नेताहरुले विधि विधानलाई लत्याउँदै गएका कारण पार्टीभित्र र बाहिर ठूलो आक्रोश बढ्दै गयो ।...