चीनमा हङकङ–नेपाल व्यापार लिमिटेडको कार्यालय स्थापना – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

चीनमा हङकङ–नेपाल व्यापार लिमिटेडको कार्यालय स्थापना

नेपाली उत्पादन चीन र चीनका उत्पादन नेपालमा ल्याउने उद्देश्यसाथ हङकङ नेपाली व्यापार संघ लिमिटेडले गोन्जाहुमा आप्mनो कार्यालय स्थापना गरेको छ । चीनको गोन्जाहु सहरमा व्यापार प्रबद्र्धनका निम्ति चीनले सम्बन्धित मुलुकका व्यापारिक संघ र संगठनलाई मासिक एक डलर भाडामा कार्यालय स्थापनका लागि एउटा फ्ल्याट दिने गरेको छ । यसको मुख्य उद्देश्य चिनियाँ लगानी नेपाल भित्र्याउने र नेपालको उत्पादन चीनको बजारसम्म पु¥याउने रहेको गैर आवासीय नेपाल संघ हङकङकी अध्यक्ष टिका गुरुङले बताइन् ।

चीन–नेपाल संयुक्त व्यापारिक र वित्तिय सहकार्य, कार्यक्रम पनि हुने गुरुङ्गmले बताइन् । कार्यालय स्थापनापछि चिनियाँ कम्पनी र विभिन्न निकायका अधिकारीले पनि नेपालसँगको व्यापारिक सम्बन्ध बलियो बनाउने विश्वास लिइएको उनले बताईन् ।

ओबीओर युरेसीया सेन्टरका अध्यक्ष होमर यु एमएचले नेपालसँगको व्यापारीक सम्बन्ध अझ बलियो बनाउँदै लगानीका लागि इच्छुक रहेको बताए । उनले नेपाली उत्पादन चिनियाँ बजारमा सोचेभन्दा राम्रोसँग प्रबद्र्धनमा कार्यालयले मद्दत हुने बताए । त्यसैगरी चिनियाँ कम्पनी लेमाई ग्रुपका अध्यक्ष ग्योकिरेनले व्यापार संघले थालेको वित्तिय यात्राले नेपाललाई सहयोग र चीनलाई लगानीको ठाउँ मिल्ने बताए ।

नेपाले चीनबाट व्यापारीक साझेदारी गर्ने सम्झौता गरेर प्रधानमन्त्री केपी शर्मा ओली फर्किनासाथ गुन्जाहोबाट चिनियाँ नीजि र सरकारी लगानीकर्ता नेपाली व्यापारिक निकायसँग साझेदारीका लागि उत्सुक देखिएका हुन् । सो क्रममा चीनको हुआङपु जिल्लाकी सीसीपिआइटी क्यु झी याङको पनि सहभागीता रहेको थियो । व्यापार संघका अध्यक्ष प्रकाश पुनःले नेपालमा छाला जुत्तालगायतका उद्योग स्थापना लगायतमा चिनियाँ लगानीको सुरु भएको बताए । उनले नेपालका औद्योगिक करिडोरमा चीनका लगानी भित्र्याउनका लागि संघ सँधै सक्रिय रहने बताए । उनले लगानीका विविध क्षेत्र खुला रहेका कारण चीनले दिएको अवसर र महत्वप्रति कृतज्ञता देखाए । कार्यक्रममा कार्यवाहक महावाणिज्यदूत दिपक बन्जाडेको पनि सहभागीता रहेको थियो ।

कार्यालय स्थापनासँगै नेपाल सरकारको उद्योग मन्त्रालयले तयार पारेको विशेष आर्थिक क्षेत्र (स्पेसियल इकोनोमिक जोन)का लागि लागनीको बाटो पनि खुलेको छ । चिनियाँ लगानीकर्ता नेपाल सरकारले तय गरेको आर्थिक क्षेत्रमा लागनी बढाउन इच्छुक देखिएका हुन् । यी क्षेत्रमा संघले चीनका सोलार प्यानेल, भवन निर्माणका पदार्थ उत्पादन, गार्मेन्टस् र छाला जुत्ता तथा चप्पलका कारखानाका लागि लगानी भित्र्याउने लक्ष्य राखेको छ ।

सम्बन्धित समाचार

नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
  • २०७५ असार १८, ०७: ०३

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...

सबैको मिशन आगामी स्थानीय निर्वाचन
सबैको मिशन आगामी स्थानीय निर्वाचन
  • २०७५ असार १८, ०७: ०३

काठमाडौं । छठको निहुँ बनाएर रास्वपा सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगन थापा मधेश प्रदेश ओर्लिएका छन् ।...

कर प्रशासनलाई प्रविधिमैत्री र पारदर्शी बनाउने अर्थमन्त्रीको प्रतिबद्धता
कर प्रशासनलाई प्रविधिमैत्री र पारदर्शी बनाउने अर्थमन्त्रीको प्रतिबद्धता
  • २०७५ असार १८, ०७: ०३

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले कर प्रशासनलाई प्रविधिमैत्री, सरल, सहज र पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रिय कर...