गुगलमाथि एकाधिकारको अभियोगमा जरिवाना – Naya Bikalpa
July 28, 2026, Tuesday      Epaper

गुगलमाथि एकाधिकारको अभियोगमा जरिवाना

रुपन्देही । ५ नम्बर प्रदेश सरकारले करको दरमा फेरबदल गरेको छ । सरकारले चालु आर्थिक वर्षमा २ अर्ब ४० करोड राजस्वको लक्ष्य पूरा गर्न करका दर हेरफेर गरेको जनाएको छ । सरकारले सामूहिक खेतीका लागि र उत्पादनमूलक उद्योगका लागि जग्गा खरीद गर्दा ७५ प्रतिशत छुट दिने निर्णय गरेको छ । भूमिहीन, मुक्त कमैया हलिया परिवारलाई घरजग्गा रजिष्टेशन, सेवा र रोक्का शुल्कमा पूर्ण छुट दिइएको छ । पूर्ण अपांगता दलित तथा पिछडा वर्गले ५० प्रतिशत छुट पाउने पनि व्यवस्था गरिएको छ ।

सवारी कर साविकका यातायात कार्यालयमार्फत संकलन हुनेछ । व्यक्तिले स्थायी वा बसाइँसरी आएको या पेशा व्यवसाय तथा कारोबार दर्ता भएको स्थानको कार्यालयमा सवारी साधन दर्ता गरी कर बुझाउनु पर्नेछ ।

त्यसैगरी, सिण्डीकेट अन्त्यलाई प्रोत्साहन गर्ने गरी कम्पनीमा दर्ता भएका सार्वजनिक सवारीले २५ प्रतिशत कर छुट पाउनेछन् । प्रवेश शुल्कका रुपमा भारतीय नम्बर प्लेटका साना गाडीलाई १६०, छ चक्केलाई २४० र त्यो भन्दा माथिकालाई ३२० पटके शुल्क लाग्ने बताइएको छ ।

त्यस्तै, कृषि आय करमा प्रदेश सरकारको एकाधिकार रहने छ । यो कर लागू भए राजश्व बाड्नु पर्ने छैन भने किसानलाई चार लाख सम्मको आयमा कर लाग्ने छैन भने दश लाखसम्म ५ प्रतिशत, २० लाखसम्म १० र सो भन्दामाथि १५ प्रतिशत कर लाग्ने व्यवस्था ऐनमा गरिएको छ । प्राकृतिक स्रोत शुल्कका लागि संघीय सरकारको नीति अनुरुप सम्पूर्ण प्रक्रिया पूरा गरी स्थानीय तहले ढुंगा, गिट्टी संकलन गर्न पाउने व्यवस्था गरिएको छ ।

प्रदेश सरकारले ढुंगा गिट्टी बालुवामा प्रतिक्युफिट तराईमा ६ र पहाडमा ३, माटो तराईमा २ र पहाडमा एक रुपैयाँ प्रतिकेजी शुल्क लाग्ने छ।अवदेखि चलचित्र, नाटक वा भिडियो घर र थियटरले टिकट मूल्यको ५ प्रतिशत कर बुझाउनु पर्ने भएको छ ।

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७५ श्रावण ७, ०७: ११

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...

नेप्सेमा ३३.२८ अंकको गिरावट, सबै उपसूचक ओरालो लाग्दा ६ अर्बभन्दा बढीको कारोबार
नेप्सेमा ३३.२८ अंकको गिरावट, सबै उपसूचक ओरालो लाग्दा ६ अर्बभन्दा बढीको कारोबार
  • २०७५ श्रावण ७, ०७: ११

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको दोस्रो कारोबार दिन सोमबार ३३.२८ अंकले घटेर २७०१.३२ विन्दुमा बन्द भएको छ।...

वीपीको अपमान : सभापति थापाका बिरुद्ध बिष वमन
वीपीको अपमान : सभापति थापाका बिरुद्ध बिष वमन
  • २०७५ श्रावण ७, ०७: ११

काठमाडौं । १४औं महाधिवेशनका देउवा पक्षीय नेताहरुले विधि विधानलाई लत्याउँदै गएका कारण पार्टीभित्र र बाहिर ठूलो आक्रोश बढ्दै गयो ।...