काठमाडौं । नेपालमा र भारतका दुवै चेम्बरमा ‘भारत–नेपाल सेन्टर’कोे स्थापना गर्ने सहमति भएको छ । नेपाल उद्योग परिसंघका तर्फबाट अध्यक्ष हरिभक्त शर्मा र पीएचडी चेम्बर अफ कमर्शका अध्यक्ष अनिल खेतानले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सेन्टरको स्टेरिङ कमिटिमा पीएचडी चेम्बरका तर्फबाट पूर्वराजदूत केभी राजन तथा नेपालका तर्फबाट परिसंघका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय समितिका संयोजक निर्वाण चौधरीले नेतृत्व गरेका छन् ।
उक्त समितिले पूर्वाधार, जलस्रोत, साना तथा घरेलु उद्योग, रेल्वे, पर्यटन, कृषि आदिमा दुई मुलुकबीच आर्थिक सुदृढीकरण गर्ने लक्ष्य लिएको छ । भारत–नेपाल केन्द्रले आगामी दिनका योजना तय गर्ने, दुवै मुलुकमा आर्थिक सम्बन्धमा कार्यक्रम गर्नेलगायत वर्षमा एउटा ‘मेगा’ कार्यक्रम गर्ने योजना बनाएको छ ।
प्रेमचन्द्र झा जनकपुरधाम : मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को असार २६ गतेसम्म कुल विनियोजित बजेटको ५६.३१ प्रतिशत खर्च...
काठमाडौं : चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा रु २१ खर्ब २० अर्ब ८० बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...