मेघाको तीन शाखारहित् सेवा विस्तार – Naya Bikalpa
July 12, 2026, Sunday      Epaper

मेघाको तीन शाखारहित् सेवा विस्तार

काठमाडौं । मेगा बैंकले काठमाडौंको कीर्तिपुर, टोखा र रामकोटमा शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ । कीर्तिपुर नगरपालिकाको चम्पादेवी, टोखा नगरपािलकाको झोर र नागार्जुन नगरपालिकाको रामकोटमा मेगा बैंकले शाखारहित बैंकिङ सेवा सुरु गरेको हो ।

कीर्तिपुर नगरपालिका वडा नम्बर ४ स्थित चम्पादेवीमा कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन र मेगा बैंक नेपाल लिमिटेडका शाखारहित बैकिङ्ग सेवाका ईन्चार्ज डम्बरबहादुर श्रेष्ठले संयुक्त रुपमा कारोबार सुरु गरि सेवा सुरु गरेका थिए ।

मेयर महर्जनले कीर्तिपुरबासीको आर्थिक अवस्थामा सुधार गर्न मेगा बैंकले चालेको कदमको स्वागत गर्दै त्यस क्षेत्रमा नमुना बैकिङ्ग कारोबार गर्ने बैंकको रुपमा स्थापित होस् भनि शुभकामना ब्यक्त गरे । त्यस्तै, रामकोटमा शाखारहित बैंकिङ सेवाको सुरुवात गर्दै नागार्जन नगरपालिकाका मेयर मोहनकुमार बस्नेतले शाखारहित बैंकिङ सेवाको सुरुवातले रामकोट क्षेत्रमा विकासको ढोका खोल्ने बताए ।

त्यसैगरी, टोखाको झोरमा शाखारहित बैंकिङ सेवाको सुरु गर्दै टोखा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष श्रीकृष्ण अधिकारीले घरदैलोमै शाखारहित बैंकिङ सुविधा पाउनु यस क्षेत्रका बासिन्दाका लागि अवसर भएको बताए । मेगा बैंकका शाखारहित बैंकिङ्ग सेवाका ईन्चार्ज डम्बरबहादुर श्रेष्ठले ग्रामीण क्षेत्रको आर्थिक अवस्थालाई उकास्न गाउँको खेतीयोग्य जग्गाहरु समेत धितो राखेर सहज तरिकाले १० लाख रुपैँयासम्मको कर्जा दिन मेगा सरल कर्जाको ब्यवस्था गरिएको जानकारी दिएका थिए ।

मेगा बैंकले देशभर १ सय १९ वटा शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । यसैबीच मैगा बैंक मुनाफा आर्जन गर्नेमा अब्बल देखिएको यस वर्ष बैंककोे मुनाफा एक अर्ब रुपैँया नाघेको छ । गत आर्थिक बर्षमा बैंकको खुद मुनाफा ३२ प्रतिशतले बढेर १ अर्ब ४ करोड ६६ लाख पुगेको थियोे । मेगा बैंकको ग्राहक संख्या ९० प्रतिशतले बढेको बैंकले जनाएको छ भने । २ लाख ६० हजार ग्राहक रहेकोमा गत आर्थिक बर्षमा ४ लाख ९६ हजार पुगेको बैंकले बताएको छ ।

आर्थिक बर्ष २०७३र७४ मा कुल निक्षेप ३८ अर्ब ९४ करोड रुपैँया भएकोमा २०७४र७५ मा ६२ करोड रुपैँया पुगेको छ । जुन २४ अर्ब ३ करोड रुपैँयाले बढी हो । यसैगरी, सोही अवधिमा कर्जा २२ अर्ब ७ करोड रुपैँयाले बढेको छ । कुल कर्जा ३५ अर्ब १९ करोड रुपैँयाले वृद्धि भई ५७ अर्ब २६ करोड रुपैँया पुगेको हो ।

सम्बन्धित समाचार

आजको विदेशी मुद्रा विनिमयदर: अमेरिकी डलर १५२.२३ रुपैयाँ, युरो १७३.९६ रुपैयाँ
आजको विदेशी मुद्रा विनिमयदर: अमेरिकी डलर १५२.२३ रुपैयाँ, युरो १७३.९६ रुपैयाँ
  • २०७५ भाद्र ४, ०८: ५१

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक विनिमयदरअनुसार अमेरिकी डलर एकको...

सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो
  • २०७५ भाद्र ४, ०८: ५१

काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा रु दुई हजार ७०० र चाँदी...

राष्ट्र बैंकद्वारा शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
राष्ट्र बैंकद्वारा शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
  • २०७५ भाद्र ४, ०८: ५१

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५२...