काठमाण्डौ । विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि पञ्चकन्या ग्रुपले आफ्नो स्थापनाकालको ४६ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम आयोजना गरेर मनायो । कार्यक्रम गु्रपको केन्द्रीय कार्यालय, कृष्णगल्ली, ललितपुरमा सम्पन्न भएको थियो ।
नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार केन्द्र, बालकुमारी, ललितपुरको सहयोगमा रक्तदान कार्यव्रmमको आयोजना गरिएको हो ।
उक्त रक्तदानमा ग्रुपका सञ्चालकहरु, केन्द्रीय कार्यालय तथा ग्रुपअन्तर्गतका सिष्टर्स कन्र्सन उद्योगहरुमा कार्यरत कर्मचारी र ग्रुपसँग आवद्ध शुभचिन्तकलगायत ५३ जनाले रक्तदान गरेका थिए । ग्रुपले सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिक रुपमा नियमित रक्तदान कार्यक्रम गर्दै आएको छ ।
काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु ६०० ले बढेको...
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक विनिमयदरअनुसार अमेरिकी डलर एकको...
काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा रु दुई हजार ७०० र चाँदी...