काठमाडांै । जनता बैंक नेपाल लिमिटेडले अनलाइन सेवाबाट खाता खोल्ने सेवाको सुरुवात गरेको छ । बैंकको बेभ साइट धधध।वबलबतबदबलप।अयm।लउ मा लग अन गरी स्वदेश तथा बिदेशका कुनैपनि ठाउँबाट बैंकको देशैभरी पैmलिएर रहेका १२३ ओटै शाखामा खाता खोल्न सकिने भएको छ । यो सुविधाबाट देशको कुनैपनि भौगोलिक दुरीमा अथवा विदेशमा रहेका नेपालीहरुले सजिलै जनता बैंकको सेवा प्राप्त गर्न सक्ने विश्वास लिइएको छ ।
यो सेवा हाल व्यक्तिगत खाता खोल्नको लागि मात्र प्रयोग गर्न सकिने छ । अनलाइनबाट खाता खोले पश्चात ग्राहकको खाता नं. र आवश्यक जानकारी ब्यक्तिगत इमेलमा पठाइने छ ।
यस विधिबाट खोलिएको खातामा प्रचलित कानून बमोजिम तुरुन्तै कारोवार संचालन गर्न सकिने छ भने चेक प्राप्त गर्न तथा खाताबाट रकम ट्रान्सफर गर्नको लागि एक पटक ग्राहकले सम्बन्धित शाखामा सम्पर्क गरी फाराममा हस्ताक्षर गर्नुपर्ने व्यवस्था रहेको छ ।
काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु ६०० ले बढेको...
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक विनिमयदरअनुसार अमेरिकी डलर एकको...
काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा रु दुई हजार ७०० र चाँदी...