चन्द्रागिरि हिल्सले पायो, उत्कृष्ट गन्तव्य पुरस्कार – Naya Bikalpa
July 16, 2026, Thursday      Epaper

चन्द्रागिरि हिल्सले पायो, उत्कृष्ट गन्तव्य पुरस्कार

काठमाडौं । नेपालको चन्द्रागिरि हिल्स प्रालिलाई उत्कृष्ट पर्यटकीय गन्तव्य पुरस्कार प्रदान गरिएको छ । भारतको राजधानी नयाँदिल्लीमा गतसाता आयोजित विशेष कार्यक्रममा उक्त कम्पनीलाई नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्य पुरस्कार प्रदान गरिएको हो । चौधौँ वार्षिक अन्तर्राष्ट्रिय हस्पिटालिटी तथा ट्राभल अवार्ड कार्यक्रममा भारतका सामाजिक न्याय तथा वातावरण राज्यमन्त्री रामदाश अठवाले र पर्यटन राज्यमन्त्री केजे अल्फोनले चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सो पुरस्कार दिएका हुन् ।

भारत र विश्वका अन्य उत्कृष्ट पर्यटकीय गन्तव्यका साथै सेवा क्षेत्रको पहिचान गरी पुरस्कार प्रदान गर्न भारतको डिएलके पब्लिकेसन प्रालिले वर्षेनी ‘विश्व इण्डिया एण्ड एक्स्प्लोर हस्पिटालिटी ट्राभल अवार्ड’ वितरण कार्यक्रमको आयोजना गर्ने गर्दछ । चन्द्रागिरि हिल्स पछिल्लो समयमा नेपालको मात्र नभएर भारतीय पर्यटकहरुमाझ आकर्षक पर्यटकीय गन्तव्य बनेकाले अन्तर्राष्ट्रिय स्तरको सो पुरस्कार दिइएको उक्त पब्लिकेसनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कार्यक्रममा भारतलगायत अन्य देशका पनि केही उत्कृष्ट गन्तव्य र सेवा क्षेत्रहरुलाई पुरस्कृत गरिएको थियो ।

काठमाडौँमा पशुपतिनाथको दर्शनका लागि वर्षेनी हजारौँको संख्यामा आउने भारतीय पर्यटक चन्द्रागिरिमा भालेश्वर महादेवको दर्शनका लागि पनि जाने गरेका उक्त प्रालिका महाप्रबन्धक अभिषेक विक्रम शाहले विज्ञप्तिमार्पmत जनाएका छन् । सो पुरस्कार पाएपछि उक्त प्रालिका अध्यक्ष ढकालले यो पुरस्कारबाट नेपालका राम्रा पर्यटकीय गन्तव्यहरुको भारत र अन्य देशमा पनि पहिचान र प्रचार हुने बताए ।

आउँदा दिनमा यसले देशमा पर्यटन क्षेत्रको विकास र विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले चन्द्रागिरिलाई गरिएको यो सम्मानले नेपालमा मुक्तिनाथ, जानकी, मौलाकालिकाजस्ता अरु कैयौँ हिन्दू तीर्थस्थलहरुमा उत्कृष्ट धार्मिक पर्यटनको विकासका लागि आधार बन्न सक्नेमा जोड दिए । नेपालको राजनीतिक, सांस्कृतिक र धार्मिक हिसाबले ऐतिहासिक मानिने चन्द्रागिरी हिल्समा केबल कार निर्माण गरी २०७३ साउन २६ गतेबाट सेवा शुरु गरिएको हो । कार्यक्रममा चन्द्रागिरि हिल्सका जनसम्पर्क प्रमुख राजु पौडेलले गतवर्षसम्म केबल कार चढेर आनन्द लिनेको संख्या झन्डै साढे सात लाख पुगेको बताए ।

सम्बन्धित समाचार

असार मसान्तसम्म ५४.५२ प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा गति सुस्त
असार मसान्तसम्म ५४.५२ प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा गति सुस्त
  • २०७५ आश्विन २२, १०: २९

काठमाडौँ : चालु वर्ष असार महिना सकिन लाग्दासम्म देशभर धान रोपाइँ करिब ५५ प्रतिशत पुगेको छ। कृषि तथा पशुपन्छी विकास...

सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
  • २०७५ आश्विन २२, १०: २९

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य...

बुधबारदेखि भरी ग्यास सिलिन्डर पाइने
बुधबारदेखि भरी ग्यास सिलिन्डर पाइने
  • २०७५ आश्विन २२, १०: २९

काठमाडौं : नेपाल आयल निगमले बुधबारदेखि एलपी ग्यासको साविककै १४.२ केजी क्षमताको पूरा सिलिन्डर बिक्री–वितरण पुनः सुरु गर्ने निर्णय गरेको...