चालु आवमा तिन महिनामा बैंकहरुको नाफा – Naya Bikalpa
July 12, 2026, Sunday      Epaper

चालु आवमा तिन महिनामा बैंकहरुको नाफा

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपाल इन्भेष्टमेन्ट बैंक, सानिमा बैंक, एनसिसी बैंक, सेञ्चुरी बैंक, मेगा बैंक, सनराइज बैंक, नेपाल बङ्गलादेश बैंक, लक्ष्मी बैंक, जनता बैंकले नाफा बढाएका छन् । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षदेखि वित्तीय विवरण तयार पार्दा एनएफआरएस प्रणाली लागु गरेसँगै बैंकको नाफा बढि देखिएको छ । नियामकीय प्रावधानलाई पुरा गरेपछि भने केही बैंकको नाफा घटेको पनि छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक


नेपाल इन्भेष्टमेन्ट बैंकको चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १७.८४ प्रतिशतले नाफा बढेर एक अर्ब ६ करोड रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधिमा ८९ करोड ४९ लाख रुपैयाँ नाफा थियो ।

बैंकले एक खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब २४ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ । गत वर्ष एक खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब ६ अर्ब रुपैयाँ ऋण लगानी गरेको थियो । खुद व्याज आम्दानी एक अर्ब ५९ करोड रुपैयाँ गरेको छ। प्रति शेयर आम्दानी ३३ रुपैयाँबाट बढेर ४० रुपैयाँ पुगेको छ ।

सानिमा बैंक

सानिमा बैंकले चालु आर्थिक वर्षको तीन महिनामा ४९.०३ प्रतिशतले नाफा बढाएको छ । बैंकले तीन महिनामा ४६ करोड ४४ लाख रुपैयाँ नाफा गरेको छ भने गत वर्ष ३२ करोड ६९ लाख रुपैयाँ थियो । बैंकले ८४ अर्ब १६ करोड रुपैयाँ निक्षेप संकलन गरी ७५ अर्ब ८ करोड रुपैयाँ ऋण लगानी गरेको छ । खुद व्याज आम्दानी ९७ करोड ८४ लाख रुपैयाँ आर्जन गरेको छ । प्रति शेयर आम्दानी १८ रुपैयाँबाट बढेर २५ रुपैयाँ पुगेको छ ।

एनसिसी बैंक


एनसिसी बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ७०.४० प्रतिशतले नाफा बढाएर २८ करोड चार लाख रुपैयाँ पु¥याएको छ । गत वर्ष बैंकको नाफा १६ करोड ४५ लाख रुपैयाँ थियो । बैंकले ६२ अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन गरि ५७ अर्ब ३० करोड रुपैयाँ ऋण लगानी गरेको छ ।

बैंकले खुद व्याज आम्दानी ८० करोड ८० लाख रुपैयाँ आर्जन गरेको छ । जबकी गत वर्ष यस्तो आम्दानी ३४ करोड ७६ लाख रुपैयाँ मात्रै थियो । प्रति शेयर आम्दानी पनि २१ रुपैयाँबाट ४० रुपैयाँ पुगेको छ ।

सेञ्चुरी बैंक

सेञ्चुरी बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ८९.१४ प्रतिशतले नाफा बढाएको छ । बैंकले पहिलो तीन महिनामा २० करोड रुपैयाँ नाफा गरेको छ भने गत वर्षको यही अवधिमा १० करोड ५७ लाख रुपैयाँ मात्रै थियो ।

बैंकले ६२ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरि ५७ अर्ब ५४ करोड रुपैयाँ ऋण लगानी गरेको छ । बैंकले खुद व्याज आम्दानी ८० करोड १५ लाख रुपैयाँ छ भने गत बर्ष ४६ करोड ५४ लाख रुपैयाँ थियो । प्रति शेयर आम्दानी ९ रुपैयाँबाट बढेर १३ रुपैयाँ पुगेको छ ।

मेगा बैंक

मेगा बैंकले पहिलो तीन महिनामा १८८.६२ प्रतिशतले नाफा बढाएको छ । बैंकले तीन महिनाम २३ करोड ६१ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्ष ८ करोड १८ लाख रुपैयाँ नाफा थियो ।
बैंकले ६६ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरि ६२ अर्ब २४ करोड रुपैयाँ ऋण लगानी गरेको छ । खुद व्या आम्दानी ९२ करोड ८१ लाख रुपैयाँ छ । बैंकले १६ करोड ८३ लाख रुपैयाँ रेगुलेटरी एड्जसमेन्ट गर्दा लाभांस बाँड्न मिल्ने नाफा कम देखिएको हो । प्रति शेयर आम्दानी ६ रुपैयाँबाट १५ रुपैयाँ पुगेको छ ।

सनराइज बैंक

सनराइज बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३३.५२ प्रतिशतले नाफा बढाएको छ । पहिलो तीन महिनामा २७ करोड २० लाख रुपैयाँ नाफा गरेको छ । निक्षेप संकलन ७५ अर्ब ७९ करोड रुपैयाँ संकलन गरि ६६ अर्ब ५९ करोड रुपैयाँ ऋण लगानी गर्दा खुद व्याज आम्दानी ८२ करोड १४ लाख रुपैयाँ आर्जन गरेको छ । प्रति शेयर आम्दानी ९ रुपैयाँबाट बढेर १६ रुपैयाँ पुगेको छ ।

नेपाल बङ्गलादेश बैंक


नेपाल बङ्गलादेश बैंकले पहिलो तीन महिनामा ४२.९७ प्रतिशतले नाफा बढाएको छ । बैंकले तीन महिनामा २२ करोड १ लाख रुपैयाँ नाफा गरेको छ ।
पहिलो तीन महिनामा ४७ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरि ४८ अर्ब ४१ करोड रुपैयाँ ऋण लगानी गर्दा ६९ करोड ३ लाख रुपैयाँ खुद व्याज आम्दानी आर्जन गरेको छ । प्रतिशेयर आम्दानी ७ रुपैयाँबाट बढेर १४ रुपैयाँ पुगेको छ ।

लक्ष्मी बैंक


लक्ष्मी बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ४६.९७ प्रतिशतले नाफा बढाएको छ । बैंकले तीन महिनामा २५ करोड १३ लाख रुपैयाँ नाफा गरेको छ भने गत वर्ष १७ करोड ९ लाख रुपैयाँ थियो । बैंकले तीन महिनामा ६९ अर्ब ७ करोड रुपैयाँ निक्षेप संकलन गरि ६४ अर्ब ६२ करोड रुपैयाँ ऋण लगानी गर्दा ७४ करोड रुपैयाँ खुद व्याज आम्दानी आर्जन गरेको छ। प्रति शेयर आम्दानी १० रुपैयाँबाट १४ रुपैयाँ पुगेको छ ।

जनता बैंक

जनता बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २९४.९५ प्रतिशतले नाफा बढाएको छ। बैंकले पहिलो तीन महिनाम २५ करोड ५९ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्ष ६ करोड ४८ लाख रुपैयाँ थियो । बैंकले ६२ अर्ब ८८ करोड रुपैयाँ निक्षेप संकलन गरि ५८ अर्ब ४५ करोड रुपैयाँ ऋण लगानी गर्दा खुद व्याज आम्दानी ७९ करोड ५० लाख रुपैयाँ आर्जन गरेको छ । प्रति शेयर आम्दानी ९ रुपैयाँबाट १६ रुपैयाँ पुगेको छ ।

सम्बन्धित समाचार

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
  • २०७५ मंसिर ३, ०७: ४९

काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु ६०० ले बढेको...

आजको विदेशी मुद्रा विनिमयदर: अमेरिकी डलर १५२.२३ रुपैयाँ, युरो १७३.९६ रुपैयाँ
आजको विदेशी मुद्रा विनिमयदर: अमेरिकी डलर १५२.२३ रुपैयाँ, युरो १७३.९६ रुपैयाँ
  • २०७५ मंसिर ३, ०७: ४९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक विनिमयदरअनुसार अमेरिकी डलर एकको...

सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो
  • २०७५ मंसिर ३, ०७: ४९

काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा रु दुई हजार ७०० र चाँदी...