अब लार्के र याङग्री पनि काठमाडौंमा – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

अब लार्के र याङग्री पनि काठमाडौंमा

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौं उपत्यकामा ५१ करोड लिटर पानी ल्याउने लक्ष्यका साथ याङ्ग्री र लार्केको पानी ल्याउने तयारी गरिएको छ । हाल निर्माण सम्पन्न हुने क्रममा रहेको आयोजनाबाट मात्रै ३२ लाख लिटर पानी दैनिक आउने अवस्था रहेको छ ।
उक्त क्षमताको मात्रै पानी काठमाडौंमा ल्याउँदा त्यसले काठमाडौं उपत्यकाको माग सम्बोधन गर्न नसक्ने भएकाले थप पानी ल्याउने उपायको खोजीमा लार्के र याङ्ग्रीको पानी ल्याउने तयारी गरिएको हो । आयोजनाले लार्के र याङ्ग्रीको पानी ल्याउने लक्ष्यका साथ परामर्शदाता छनोटको तयारी शुरु गरिसकेको छ ।
मेलम्ची खानेपानी विकास समितिले याङग्री र लार्के नदीको पानी काठमाडौं ल्याउने कामका लागि परामर्श दाता छनोट अघि बढाएको छ । आयोजना विकास समितिले ६ वटा कम्पनीलाई परामर्श सेवाका लागि प्रारम्भिक छनोटमा पारेको हो । यी कम्पनीहरुसँग प्राविधिक र वित्तीय प्रस्ताव माग गरिएको छ । आयोजनाले सार्वजनिक सूचना प्रकाशित गरेर पाँच वटा कम्पनीलाई तोकिएको मितिभित्रै वित्तीय र प्राविधिक प्रस्ताव पेश भनिएको हो ।

आयोजनाका इन्जिनियर रमाकान्त दुवाडीका अनुसार अहिले छनोट गरिएको परामर्शदाता कम्पनीले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम र दोस्रो चरणमा अघि बढ्ने याङग्री र लार्के नदीको काममा परामर्श सेवा उपलब्ध गराउनेछ । आगामी जनवरीभित्र छनोट हुने एउटा परामर्शदाता कम्पनीले आगामी पाँच वर्षसम्म काम गर्ने भएको छ ।
आयोजनाको सुरुङ खन्नमात्रै ९५० मिटर बाँकी रहेको छ । आगामी एक महिनाभित्र आयोजनाको सुरुङ खन्ने कार्य सम्पन्न हुने छ । आगामी वैशाखमा काठमाडौंका धारामा पानी खसाल्ने तयारी गरिएको आयोजनाको तयारी रहेको छ । उपत्यकामा करिब ४५ किलोमिटर पाइप जडानको कार्य पनि अगाडि बढिरहेको छ ।

सम्बन्धित समाचार

सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो
  • २०७४ मंसिर १८, ०९: २२

काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा रु दुई हजार ७०० र चाँदी...

राष्ट्र बैंकद्वारा शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
राष्ट्र बैंकद्वारा शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
  • २०७४ मंसिर १८, ०९: २२

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५२...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७४ मंसिर १८, ०९: २२

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...