काठमाडौं । सरकारले केही समयअघि स्तरोन्नती गरेको नेपाल भारत सीमामा रहेका ७ वटा भन्सार कार्यालयहरुमा प्रभु बैंकले काउण्टर खोलेको छ । काउन्टरबाट भन्सारले बैंकिङ कारोबार गर्ने सम्बन्धि सम्झौतासेमत भएको छ । भन्सार बिभागका महानिर्देशक तोयम राया र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
बैंकले झापाको भद्रपुर, सुनसरीको कोशीव्यारेज, सिरहाको ठाडी, महोत्तरीको जलेश्वर, नवलपरासीको महेशपुर, कपिलबस्तुको सुठौली र कैलालीको सतिभन्सार कार्यालयहरुमा काउन्टर खोलेको हो । काउन्टरले अर्को साताबाट सेवा सुरु गर्ने छ । नेपालको सवैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट्र भारतसँगको सिमानामा संचालनमा आएका भन्सार कार्यालयहरुको स्तरोन्नतीसँगै त्यस क्षेत्रमा आयात निर्यातमा बढोत्तरी हुनगई राजस्व संकलनको आकडामा बृद्धि हुनजाने बिश्वास लिईएको छ ।
प्रेमचन्द्र झा जनकपुरधाम : मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को असार २६ गतेसम्म कुल विनियोजित बजेटको ५६.३१ प्रतिशत खर्च...
काठमाडौं : चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा रु २१ खर्ब २० अर्ब ८० बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...