मलेसियन म्याक्स मनिलाई नेपालमा प्रतिबन्ध – Naya Bikalpa
July 16, 2026, Thursday      Epaper

मलेसियन म्याक्स मनिलाई नेपालमा प्रतिबन्ध

काठमाडौं । नेपाली बैंकलाई करोडौं भुक्तानी नदिएको भन्दै म्याक्स मनि कम्पनीको कारोबार नेपालमा रोक्का भएको छ । नेपाल राष्ट्र बैंकले मलेसियास्थित कम्पनी म्याक्स मनिसँग कारोबार नगर्न बैंक तथा वित्तीय संस्था र रेमिटेन्स कम्पनीहरुलाई निर्देशन दिएको छ ।

म्याक्स मनिले हिमालयन बैंकसँग मिलेर नेपालमा रेमिटेन्सको भुक्तानी गर्दै आएको थियो । ग्राहकबाट पैसा लिने तर बैंकलाई भुक्तानी गरेनन् । कम्पनीले बदमाशी गर्न थालेपछि राष्ट्र बैंकले पहिले पैसा लिएर मात्र भुक्तानी गर्न नेपाली बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको थियो ।

म्याक्स मनिले हिमालयन बैंकको ४ करोड ९० लाख रुपैयाँ यसरी खाएको छ । राष्ट्र बैंकको बिस्तृत अध्ययनपछि म्याक्स मनिले बदमाशी गरेको खुलेपछि कारोबार प्रतिबन्ध लगाएको हो । अब कुनै पनि नेपाली बैंक तथा वित्तीय संस्था र रेमिटेन्स कम्पनीसँग म्याक्स मनिले कारोबार गर्न पाउँदैन । म्याक्स मनिबाट डुबेको पैसा उठाउन राष्ट्र बैंकले पहल थालेको छ ।

सम्बन्धित समाचार

असार मसान्तसम्म ५४.५२ प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा गति सुस्त
असार मसान्तसम्म ५४.५२ प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा गति सुस्त
  • २०७५ मंसिर १७, ०९: २१

काठमाडौँ : चालु वर्ष असार महिना सकिन लाग्दासम्म देशभर धान रोपाइँ करिब ५५ प्रतिशत पुगेको छ। कृषि तथा पशुपन्छी विकास...

सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
  • २०७५ मंसिर १७, ०९: २१

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य...

बुधबारदेखि भरी ग्यास सिलिन्डर पाइने
बुधबारदेखि भरी ग्यास सिलिन्डर पाइने
  • २०७५ मंसिर १७, ०९: २१

काठमाडौं : नेपाल आयल निगमले बुधबारदेखि एलपी ग्यासको साविककै १४.२ केजी क्षमताको पूरा सिलिन्डर बिक्री–वितरण पुनः सुरु गर्ने निर्णय गरेको...