विकास बैंकहरुको ब्याज दरमा सहमति – Naya Bikalpa
July 28, 2026, Tuesday      Epaper

विकास बैंकहरुको ब्याज दरमा सहमति

काठमाडौं । विकास बैंकहरुले बाणिज्य बैंकहरुको भन्दा आधा प्रतिशत बिन्दुमाथि मात्र ब्याज दर राख्ने निर्णय गरेका छन् । संघको बैठकले एक बर्षे ब्यक्तिगत मुद्दति निक्षेपमा ९.७५ प्रतिशत मात्र ब्याज दिने निर्णय गरेको हो । यसैगरी संस्थागत मुद्दतिकर्ताको ब्याज दर ९ प्रतिशत मात्र हुने छ। बचतको ब्याज दर पनि सात प्रतिशत मात्र हुने भएको छ ।

बैंकर्स संघले हिजो राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नरहरुको प्रत्यक्ष निर्देशनमा ब्याज दरमा भद्र सहमति गरेका थिए । बाणिज्य बैंकहरुले ब्यक्तिगतमा ९.२५ प्रतिशत, बचतमा साढे ६ र संस्थागत मुद्दतिमा साढे ८ प्रतिशत ब्याज दिने सहमति गरेका थिए । सहमतिसँगै अधिकांस बैंकले ब्याज घटाइसकेका छन् । बैंकर्स संघको सहमतिभन्दा आधा प्रतिशत बिन्दुमाथि मात्र ब्याज दिने गरी सहमति भएको बैंकले जनाएको छ ।

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७५ पुष ९, ०७: ४५

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...

नेप्सेमा ३३.२८ अंकको गिरावट, सबै उपसूचक ओरालो लाग्दा ६ अर्बभन्दा बढीको कारोबार
नेप्सेमा ३३.२८ अंकको गिरावट, सबै उपसूचक ओरालो लाग्दा ६ अर्बभन्दा बढीको कारोबार
  • २०७५ पुष ९, ०७: ४५

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको दोस्रो कारोबार दिन सोमबार ३३.२८ अंकले घटेर २७०१.३२ विन्दुमा बन्द भएको छ।...

वीपीको अपमान : सभापति थापाका बिरुद्ध बिष वमन
वीपीको अपमान : सभापति थापाका बिरुद्ध बिष वमन
  • २०७५ पुष ९, ०७: ४५

काठमाडौं । १४औं महाधिवेशनका देउवा पक्षीय नेताहरुले विधि विधानलाई लत्याउँदै गएका कारण पार्टीभित्र र बाहिर ठूलो आक्रोश बढ्दै गयो ।...