काठमाडौं । राष्ट्रिय सहकारी बैंकको संचालक समितिले चार्टर्ड एकाउन्टेन्ट बद्रीकुमार गुरागाईलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेको छ । विगत १७ वर्षदेखि सहकारी क्षेत्रमा क्रियाशिल चाटर्ड एकाउण्टेण्ट गुरागाई यसअघि बैंकको नायव महाप्रवन्धकका रुपमा कार्यरत रहेका थिए ।
नेपालका सहकारीको बित्तीय जोखिममा बिद्याबारिधि गरिरहेका तथा वित्तीय क्षेत्रमा अन्तर्राष्ट्रिय अनुभवसमेत हासिल गरेका गुरागाई हाल नेपाल चाटर्ड एकाउण्टेण्ट संस्था अन्तर्गतको गुणस्तर अनुगमन बोर्डका सदस्यसमेत छन् ।
बैंकले सदस्य सहकारी संघा संस्थाहरुको प्रबद्र्धन र विकासको लागि आफ्ना हरेक नीति तथा कार्यक्रमलाई सदस्य केन्द्रीत बनाउँदै सदस्य सहकारी संघ र संस्थाको वित्तीय आवश्यकता परिपूर्ति गर्छ । सदस्य सहकारी संघसंस्थाहरुको वित्तीय एबं गैह्रवित्तीय आवश्यकता पहिचान गरी त्यसको परिपूर्तिको लागि संस्थाका नीति तथा कार्यक्रम समयानुकुल परिमार्जन गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैंकमा हाल ७७ जिल्लाका १० हजार २ सयभन्दा बढी सहकारी संघसंस्थाहरु मार्फत करीब ३५ लाख ब्यक्तिहरू आबद्ध भइसकेका छन् । आर्थिक बर्ष ०७४÷०७५ सम्म आईपुग्दा १ अर्ब २० करोडभन्दा बढी शेयर पुँजी तथा करिव २० अर्ब निक्षेप संकलन गरी करिब १४ अर्ब कर्जा लगानी गरेको छ । बैंकलाई एनसिएचएलको सदस्य बनाउने आफ्नो प्रमुख लक्ष्य हुने गुरागाईले बताए ।
काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु ६०० ले बढेको...
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक विनिमयदरअनुसार अमेरिकी डलर एकको...
काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा रु दुई हजार ७०० र चाँदी...