काठमाडौं । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले २०७५ सालमा मनाइने पर्वहरू जस्तैः–दशैं, दीपावली र छठलाई लक्षित गर्दै ल्याएको सेवाग्राहीमूखि प्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमा बीस लाख’ योजना अन्तर्गत दोस्रो महिनाको विजेता घोषणा गरेको छ । रिया मार्फत अमेरिकाबाट नेपालमा आइएमई गर्ने आइएमई सेवाग्राही बिजेन्द्र थापा सफ्टवेयर पद्वतीमा आधारित ‘लक्की ड्र’बाट दोस्रो महिनाको विजेता घोषित हुनुभएको छ ।
सेवाग्राही मल्लले नगद रू. १,००,०००÷–(अक्षेरूपी एक लाख) प्राप्त गर्नु भएको छ । आइएमई केन्द्रीय कार्यालय पानीपोखरीमा हालै आयोजित पुरस्कार वितरण कार्यक्रममा कम्पनीका कार्यवाहक प्रमुखकार्यकारी अधिकृत रुद्रराज पौडेलले विजेता बिजेन्द्रको सिफारिसमा उनकी ममतामयी माता चिनु माया थापालाई एक लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे ।
२०७५ साल असोज ७ गतेदेखि शुरु भई २०७५ साल मङ्सिर मसान्तसम्म लागु सेवाग्राहीमुखी यस योजना अन्तर्गत अहिलेसम्म मासिक ‘लक्कीड्र’ बाट दुईजना विजेता घोषित भएका छन् । आफ्नो स्थापनाकालदेखि नै विभिन्न सेवाग्राहीमूखि र व्यवसायीक साझेदारमूखि योजना सार्वजनिक गर्दै आइरहेको आइएमईले यसपालीका पर्वहरूमा देश विदेशमा रहनुभएका लाखौँ सेवाग्राहीहरूलाई लक्षित गरी प्रवद्र्धनात्मक योजना सार्वजनिक गरेको थियो ।
योजना अवधिभर गरिएको ट्रान्जेक्सनलाई आइएमईको सफ्टवेयर पद्वतिमा लिङ्क गरि ‘लक्की ड्र’ बाट छनोट हुने विजेताहरुमध्ये हरेक दिन १० जना भाग्यशाली सेवाग्राहीलाई‘आइएमई पे’मार्फतरू.१००० को बिल भुक्तानी, हरेक हप्ता १ जना भाग्यशाली सेवाग्राहीलाई रू.१०,००० नगद, हरेक महिना १ जनाभाग्यशाली सेवाग्राहीलाई रू.१ लाख नगद तथा बम्परमा १ जना भाग्यशाली सेवाग्राहीलाई रू.२० (बिस लाख) नगद प्रदान गर्ने गरि कार्यक्रम तय गरिएको थियो ।
नेपाली समुदायमा मनाइने विभिन्न सांस्कृतिक पर्वहरूमा आफ्ना लाखौँ सेवाग्राहीहरूको भावनालाई मध्यनजर गर्दै यस्ता प्रवद्र्धनात्मक कार्यक्रम संचालनगर्ने परम्परा आइएमईले आफ्नो स्थापनाकालदेखि नै गर्दै आइरहेको छ ।
आफ्नो स्थापनादेखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १८औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १८४ आइएमई सेन्टरसहित ७७ जिल्लाका ८ हजार ५ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःुख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।
काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु ६०० ले बढेको...
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक विनिमयदरअनुसार अमेरिकी डलर एकको...
काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा रु दुई हजार ७०० र चाँदी...