काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्धित ‘आइएमई डिजिटल’ र जनता बैंक नेपाल लिमिटेडबीच ‘आइएमई पे’ मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
आइएमई डिजिटलका तर्फबाट प्रमुख संचालन अधिकृत डेनियल डी श्रेष्ठ र जनता बैंक नेपाल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले गत साता सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार जनता बैंक नेपाल लिमिटेड ‘आइएमई डिजिटल’ को बैंकिङ्ग साझेदार संस्था हुनेछ र बैंकका सेवाग्राहीहरूले चाडैनै आइएमई पे वालेटमा आफ्नो बैंक खाता लिङ्क गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ । साथसाथै जनता बैंक नेपालका सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्यु आर मार्फत गरिने भुक्तानी सेवा पनि प्राप्त गर्न सक्नुहुनेछ ।
१८,००० भन्दाबढी एजेण्ट आउटलेट संजाल भएको आइएमई पे, आइएमई समूह अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो । नेपाल राष्ट्र बैंकको “भुक्तानी तथा फर्छ्यौट विनियमावली, २०७२” बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट कार्य गर्ने अनुमति प्राप्त गरेको हो र आइएमई डिजिटल यस्तो अनुमति पाउने देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी भएको छ ।
आइएमई डिजिटलले “आइएमई पे” ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराई राखेको छ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यु आरमार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बिलहरू भुक्तानी गर्ने कार्यमा सहयोग गर्दछ ।
आइएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिंङ सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ ।
त्यसैगरी, आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई ट्राभलले अंग्रेजी नयाँवर्ष–२०१९ को अवसरमा पानीपोखरीदेखि चन्द्रागिरिसम्म सटल बस सेवाको प्रारम्भ गरेको छ । चन्द्रागिरी हिल्स लिमिटेडको सीटी सम्पर्क कार्यालय पानीपोखरीस्थित आइएमई कम्प्लेक्सबाट हरेक दिनविहान १० बजे छुट्ने उक्त बस सेवाले लाजिम्पाट, कान्तिपथ, सोह्रखुट्टे, सोल्टीमोड, कलङ्कीहुँदै चन्द्रागिरि हिल्स लिमिटेडको बेस स्टेसनसम्मको दुरी तय गर्नेछ ।
साँझ ४ बजे चन्द्रागिरि हिल्स लिमिटेडको बस स्टेसनबाट छुट्ने उक्त बससेवा कलङ्की, सोल्टीमोड, सोह्रखुट्टे, कान्तिपथ, लाजिम्पाट हुँदै पानीपोखरीसम्म आइपुग्ने छ । चन्द्रागिरिसम्म पुग्न इच्छुक स्वदेशी तथा विदेशी पर्यटकहरूको सहज आवागमनलाई मध्यनजर गर्दै यस्तो सुविधा सम्पन्न बस सेवा संचालनमा ल्याएको आइएमई ट्राभलका प्रमुख कार्यकारी अधिकृत बिनोद सापकोटाले बताएका छन् ।
काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय विद्युत् प्रसारण पूर्वाधार विस्तार गर्दै नेपालबाट भारततर्फ हुने विद्युत् निर्यात क्षमता १,१०० मेगावाटबाट १,६५०...
काठमाडौँ । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको कुल मूल्यको...