हात्तिवनमा इन्भेष्टमेन्ट बैंकको अर्को एक्सटेन्सन काउन्टर – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

हात्तिवनमा इन्भेष्टमेन्ट बैंकको अर्को एक्सटेन्सन काउन्टर

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले ललितपुरको हात्तिवनस्थित काठमाडौं युनिभर्सिटीमा दशौं एक्स्टेन्सन काउन्टर खोलेको छ । काउन्टरको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे, केयुका प्रमुख कार्यकारी अधिकृत मुकुन्दप्रसाद उपाध्याय, केयु स्कुल अफ एजुकेसन डिन प्रा.डा.महेशनाथ पराजुली तथा स्कुल अफ आर्टसका डिन प्रा.डा. सागरराज शर्माले संयुक्त रुपमा गरेका छन् ।

काउन्टरले केयु हात्तिवनको रकम जम्मा गर्न र भुक्तानी गर्न सहयोग गर्ने छ । एजुकेशन र आर्टस विषयमा पिएचडीसम्मको पढाइ हुने केयुमा ६ सय बढी विद्यार्थीहरु अध्ययनरत छन् । विगत १२ वर्षदेखि बनेपास्थित काठमाडौं युनिभर्सिटीसँगको नातालाई अझै फराकिलो पार्ने उदेश्यले बैंकले एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ । बैंकले अहिले ७८ वटा शाखा कार्यालय, ९ वटा राजश्व संकलन एक्सटेन्सन काउन्टर, ४९ वटा शाखारहित बैंकिङ सुविधा, १११ वटा एटिएम तथा ३६६५ वटा पिओएस मेसिनबाट सेवा दिइरहेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार

नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
  • २०७५ फाल्गुन २७, ०७: ०४

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...

सबैको मिशन आगामी स्थानीय निर्वाचन
सबैको मिशन आगामी स्थानीय निर्वाचन
  • २०७५ फाल्गुन २७, ०७: ०४

काठमाडौं । छठको निहुँ बनाएर रास्वपा सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगन थापा मधेश प्रदेश ओर्लिएका छन् ।...

कर प्रशासनलाई प्रविधिमैत्री र पारदर्शी बनाउने अर्थमन्त्रीको प्रतिबद्धता
कर प्रशासनलाई प्रविधिमैत्री र पारदर्शी बनाउने अर्थमन्त्रीको प्रतिबद्धता
  • २०७५ फाल्गुन २७, ०७: ०४

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले कर प्रशासनलाई प्रविधिमैत्री, सरल, सहज र पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रिय कर...