सरकारले छुट्टायो प्रदेश बजेट – Naya Bikalpa
July 17, 2026, Friday      Epaper

सरकारले छुट्टायो प्रदेश बजेट


नयाँ विकल्प,

काठमाडौं – प्रदेश सरकारको लागि संघीय सरकारले ल्याएको बजेटमा १ खर्ब २९ अर्ब ४६ करोड ६ लाख रुपैयाँ अनुदान दिएको छ ।

संंघीय सरकारले‍ सात वटै प्रदेश सरकार र स्थानीय तहहरुलाई ४ शीर्षकमा बजेट छुट्याएको हो । समानीकरण, विशेष, ससर्त र समपुरक अनुदान गरी ४ शीर्षकमा छुट्याइएको हो

प्रदेशतर्फ यो पटक सबैभन्दा धेरै बजेट बागमती प्रदेशमा र सबैभन्दा कम गण्डकी प्रदेशमा गएको छ ।

सबैभन्दा धेरै बजेट पाएको बागमती प्रदेशमा २० अर्ब ३२ करोड, ६६ लाख रकम हस्तान्तरण हुने छ ।
सबैभन्दा कम वित्तीय हस्तान्तरणबाट अनुदान पाएको गण्डकी प्रदेशले १६ अर्ब ५४ करोड ३२ लाख रुपैयाँमा पाएको छ

प्रदेश एकमा १९ अर्ब ९ करोड ९१ लाख रुपैयाँ वित्तीय हस्तान्तरण भएको छ ।

यस्तै मधेस प्रदेश तर्फ १९ अर्ब १५ करोड ९ लाख रुपैयाँ हस्तान्तरण हुने भएको छ भने लुम्बिनी प्रदेशमा १८ अर्ब ४७ करोड ६४ लाख पाएका छन् ।

यस्तै कर्णालीमा जम्मा १८ अर्ब ३० करोड ६१ लाख रुपैयाँ हस्तान्तरण भएको हो ।
त्यस्तै सुदुरपश्चिम प्रदेशमा १७ अर्ब ५५ करोड ८३ लाख रुपैयाँ वित्तीय हस्तान्तरण गरेको छ ।

सम्बन्धित समाचार

नेपाल–भारतबीच विद्युत् प्रसारण क्षमता विस्तार गर्ने सहमति, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने
नेपाल–भारतबीच विद्युत् प्रसारण क्षमता विस्तार गर्ने सहमति, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने
  • २०७९ जेष्ठ १९, १७: ०८

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय विद्युत् प्रसारण पूर्वाधार विस्तार गर्दै नेपालबाट भारततर्फ हुने विद्युत् निर्यात क्षमता १,१०० मेगावाटबाट १,६५०...

सार्वजनिक विद्युतीय बस खरिदमा ८० प्रतिशतसम्म बैंक कर्जा पाइने
सार्वजनिक विद्युतीय बस खरिदमा ८० प्रतिशतसम्म बैंक कर्जा पाइने
  • २०७९ जेष्ठ १९, १७: ०८

काठमाडौँ । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको कुल मूल्यको...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव
  • २०७९ जेष्ठ १९, १७: ०८

काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । बुधबारको तुलनामा सुन तोलामा रु ४०० ले बढेको छ...