एनआईसी एशिया बैंकद्वारा बचत खातामा उपलब्ध घातक रोगको बीमा भुक्तानी – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper

एनआईसी एशिया बैंकद्वारा बचत खातामा उपलब्ध घातक रोगको बीमा भुक्तानी

नयाँ विकल्प,

काठमाडौं – एनआइसी एसीयाले सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत आफ्ना तीनजना ग्राहकहरुलाई घातक रोगको बीमा वापत प्रतिव्यक्ति १० लाख रुपैयाँ भुक्तानी गरेको छ । योजनाअन्तर्गत बैंकले स्वयम्भु, जाजरकोट, थलीलगायत शाखामा ’एम्बेस्डर’ श्रेणीको खाता खोल्ने तीन ग्राहकले यो सुविधा प्राप्त गरेका हुन् ।
हरिन्द्र शाह तेली, प्रचण्डजंग शाह, सञ्जित तामाङलगायत तीन ग्राहकले यो सुविधा प्राप्त गरेका हुन् । शुक्रबार आयोजित कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र चिफ स्ट्राटेजी अफिसर विशाल सिग्देलले ग्राहकलाई संयुक्त रुपमा बीमा रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । बैंकका अनुसार बचत खातामा उपलब्ध बीमा सुरक्षण योजनाअन्तर्गत हालसम्म मुलुकभरका ११ सय ३७ जनाभन्दा बढी ग्राहकले घातक रोग बीमा वापत दुई करोड ४० लाख रुपैयाँ, दुर्घटना बीमा वापत ४० लाख रुपैयाँ र मेडिकल बीमा वापत दुई करोड ६९ लाख रुपैयँ गरी कुल पाँच करोड ४९ लाख रुपैयाँ भन्दा बढी बीमा रकम प्राप्त गरिसकेका छन् । बैंकले हाल सर्वाधिक उच्च ब्याजदर, पाँच वर्षसम्म निःशुल्क ८४ लाख रुपैयाँसम्मका १८ वटा घातक रोगहरूको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदा दिँदै आएको छ । बैंकले तीन कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदा गरी कुल २४ सर्वश्रेष्ठ फाइदा भएको सर्वश्रेष्ठ बचत खाता सेवा दिँदै आएको जनाइएको छ । यस योजनाअनुसार ग्राहक महानुभावले प्राप्त गर्नुहुने बीमा, कर्जा सम्बन्धी सुविधाहरू लगायत डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो शेयर खाता, ई–कमर्श नवीकरण, चेक क्लियरिङ, आरटिजिएस, आइपिएस–सी आइपिएस–फन्ड ट्रान्सफर, लकर मार्जिन, लकर सेवा र एटिएम सेवाहरू ग्राहक महानुभाव एवं निजले मनोनित गरेको अन्य तीन व्यक्तिका लागि समेत पाँच वर्षको लागि पूर्ण रुपमा निःशुल्क व्यवस्था रहेको बैंकले विज्ञप्तिमार्फत जनाएको छ ।

सम्बन्धित समाचार

नेपाल बैंकले मनायो ९०औँ वार्षिकोत्सव, उत्पादनशील क्षेत्रमा लगानी बढाउन अर्थमन्त्री वाग्लेको जोड
नेपाल बैंकले मनायो ९०औँ वार्षिकोत्सव, उत्पादनशील क्षेत्रमा लगानी बढाउन अर्थमन्त्री वाग्लेको जोड
  • २०७९ असार २७, १२: ३८

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले सोमबार आफ्नो ९०औँ वार्षिकोत्सव मनाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा...

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०७९ असार २७, १२: ३८

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७९ असार २७, १२: ३८

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...