
नयाँ विकल्प,
काठमाडौं – बुधबार सेयर बजार परिसूचक नेप्सेमा ५९ अंकमाथिको सुधार आएको छ । अघिल्लो दिन ११ अंकले बढेको बजारमा आज थप ५९.५४ अंकले बढ्ने नेप्से सूचक १९८६.८२ अंकमा पुगेको हो । यसदिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत १२.४२ अंकले बढ्दै ३८१.३७ अंकमा उक्लिएको छ ।
आज २ अर्ब ४ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज १३ वटै उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ६.९६ प्रतिशतले बढेको छ भने डेभलपमेन्ट बैंक समूह ६.२५ प्रतिशतले, ट्रेडिङ ५.३९ प्रतिशतले, अन्य उपसूचक ४.७२ प्रतिशतले, हाइड्रोपावर समूह ४.७१ प्रतिशतले र म्युचुअल फन्ड समूहको उपसूचक ४.१८ प्रतिशतले बढेको छ ।
रौतहट : रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको छ । आज दिउँसो बागमती नदीमा नुहाउन गएका...
काठमाडौं : मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार १६ र १७ गते...
काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको करले गरिब तथा सीमान्तकृत नागरिकलाई असर नगर्ने स्पष्ट पारेका छन्।...