
नयाँ विकल्प,
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका निकायमा १ अर्ब २२ करोड २८ लाख रुपैयाँ बेरुजु देखिएको छ। महालेखापरीक्षकको प्रतिवेदन अनुसार सरकारी कार्यालयतर्फका निकायमा ३ अर्ब १४ करोड ५३ लाख ३९ हजार बेरुजु देखिएकोमा प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि १ अर्ब ९२ करोड २५ लाख २१ हजार फस्यौट भएको छ।
फस्यौटपश्चात ती निकायमा १ अर्ब २२ करोड २८ लाख १८ हजार ९कुल खर्चको ३।३५ प्रतिशत० बेरुजू बाँकी रहेको छ। सोमध्ये ६० करोड ४२ लाख १९ हजार म्याद नाघेको पेश्की रहेको छ। संगठित संस्था र समितितर्फ २ अर्ब ९ करोड ४७ लाख ५१ हजार बेरुजु फस्यौट गर्न बाँकी रहेको छ। सोमध्ये रू ३५ करोड ९० लाख ६३ हजार म्याद नाघेको पेश्की रहेको छ।
राष्ट्रिय स्वास्थ्य नीति, २०७६ मा ७० प्रकारका औषधि निःशुल्क वितरण गर्ने, सर्वसुलभ एवं प्रभावकारीरूपमा स्वास्थ्य सेवा प्रवाह गर्न आवश्यक जनशक्तिको योजना, उत्पादन, प्राप्ति, विकास तथा उपयोग गर्ने, सक्षम एवं जवाफदेही समन्वय, अनुगमन तथा नियमन संयन्त्र एवं प्रक्रियाद्वारा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह सुनिश्चित गर्ने उल्लेख भए पनि सो हुन नसकेको प्रतिवेदनमा उल्लेख छ।
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले सोमबार आफ्नो ९०औँ वार्षिकोत्सव मनाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा...
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...